८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

हात्तीपाइले रोग निवारणमा चुनौती

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा हात्तीपाइले रोग निवारणमा चुनौती थपिएको छ। १२औँ चरणमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गराइसकेको यस जिल्लामा पुनःहात्तीपाइले रोगको जीवाणु भेटिएसँगै थप चुनौती थपिएको हो। हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गराइँदै आएको लमजुङमा हात्तीपाइले रोगको अवस्था पत्ता लगाउन गरिएको प्रि ट्रासमिसन एसिस्मेन्ट सर्वेमा राइनास नगरपालिका अन्र्तगतका २६ जनामा हात्तीपाइलेको जीवाणु भेटिएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ।  

कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाले गत पुस २३ गतेदेखि २७ गतेसम्म राइनास नगरपालिका–४ र ६ मा उक्त सर्वे सञ्चालन गरेको थियो। जिल्ला स्वास्थ्य कार्यालय र राइनास नगरपालिकाको समन्वयमा दुई वडाका छ वटा क्ल्स्टरमा हात्तीपाइले रोगको जीवाणु भएनभएको पत्ता लगाउन रक्त परीक्षण गरिएको थियो। वडा ४ र  ६ मा तीन/तीनवटा क्ल्स्टरमा तीनसय/तीनसय जनाको रगत परीक्षण गरिएको राइनास नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक लक्ष्मीप्रसाद सेढाईले जानकारी दिए। उनका अनुसार परीक्षणका क्रममा वडा नं.४ का १६ जना र ६ का १० जनामा हात्तीपाइलेको जीवाणु देखिएको छ।

यसअघि यस जिल्लामा १२औं चरणमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गराईसकेको अवस्थामा पुनःजिल्लामा यस रोगको जीवाणु भेटिनुले  हात्तीपाइले रोग निवारणमा चुनौती थपिएको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताए। हात्तीपाइले रोग निवारणका लागि सरकारले प्रत्येक वर्ष औषधि खुवाउने अभियान सञ्चालन गर्दै आएको छ, तर सबै नागरिकले नियमित औषधि नखाइदिँदा यस्तो समस्या देखापरेको उनको भनाइ छ।

सर्वेमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखसहित राइनास स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी र कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्रका छ जना स्वास्थ्यकर्मीको टोली खटिएका थिए। यस रोगको जोखिम भएका स्थानमा प्रत्येक दुई/दुई वर्ष यस किसिमको सर्वे गरिने केन्द्रले जनाएको छ। सर्वेमा खटिएको टोलीले रगत परीक्षण गरेर तत्कालै अर्थात् परीक्षण गरेको १५ मिनेटमा हात्तीपाइले पोजेटिभ वा नेगेटिभ के छ त्यसको रिपोर्ट निकाल्ने गर्दछ। रासस

प्रकाशित: ७ माघ २०७७ ०९:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App