coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

भारतले नेपाललाई दिने भयो १० लाख डोज कोरोना खोप

भारतले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप १० लाख डोज उपलब्ध गराउने भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गरी खोप उपलब्ध गराउने जानकारी दिएका हुन्।

नेपाललाई भारतले कोभिसिल्ड नामक खोप अनुदानमा उपलब्ध गराउने भएको हो ।  

पत्रकार सम्मेलनमा  खोप भोलि नेपाल आइपुग्ने जानकारी दिईएको छ । खोप कोरोना महामारीकोविरुद्ध फ्रन्टलाईनमा खटिने स्वास्थ्यकर्मी,  एम्बुलेन्स चालक र सुरक्षार्मीलाई प्राथमिकता दिइनेछ । 

प्रकाशित: ७ माघ २०७७ ०८:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App