हाम्रो दैनिकि जीवनमा बढ्दो तनावको सीधा प्रभाव हाम्रो अनुहार अर्थात् छालामा देखिन्छ। जसका कारण हामी उमेर भन्दा पहिले बूढा देखिन्छौँ। हाम्रो उमेर बढेसंगै उमेर चिन्हहरू निधार, आँखा र ओठमा देखा पर्न सुरू हुन्छ। यदि तपाईं पनि यही समस्याबाट गुज्रँदै हुनुहुन्छ भने चिन्ता नलिनुहोस्, यी नियमहरुको पालना गर्नुहोस् जसले तपाईंलाई जहिले पनि जवान देखाउँछ।
हातको विशेष ख्याल राख्नुहोस्:
हामी प्राय जसो हाम्रो हातलाई बेवास्ता गर्छौं। यद्यपि हाम्रा हातहरू पहिलो हामीलाई जवान देखिन मद्धत गर्ने पहिलो माध्यम हुन्। त्यसैले नुहाउँदा वा हात धुँदा हातलाई मस्च्युराइज गर्न नबिर्सनुहोस्। साथै समय समयमा मेडिकेयर पनि गनहोस्।
आँखी भौँको आकार:
आँखी भौँको राम्रो आकारले तपाईंको अनुहारको स्वरुप परिवर्तन गर्दछ। त्यसैले यो समय समयमा मिलाउनु महत्त्वपूर्ण छ। यदि तपाईं ट्वीजर वा ट्रिमरको प्रयोग गर्नुहुन्छ भने अब नगर्नुहोस्। ताकी यसले झन तपाँइको छालालाई चाउरी पार्छ।
मेकअप आइटम किन्दा ध्यान दिनुुहोस्:
जब तपाईं मेकअपको लागि किनमेल गर्दै हुनुहुन्छ सावधानीपूर्वक गर्नुहोस्। तपाईंको साथीले लिएका जस्तै नखोन्जुहोस् किनकि साथीको स्किन र तपाँइको स्किनमा धेरै फरक हुन्छ यसले तपाईंको लागि काम गर्दैन। जुन चीज तपाईको छालाको लागि उत्तम हुन्छ त्यो मात्र लिनुहोस्।
फाउंडेशन अधिक प्रयोग नगर्नुहोस्:
यदि तपाईं जवान देखिन चाहानुहुन्छ भने फाउंडेशन धेरै प्रयोग नगर्नुहोस्। तपाईंको अनुहारको रंग बढाउन क्रीम ब्लस प्रयोग गर्नुहोस्। यसले तपाईंको अनुहार जवान देखिन्छ। नियमित रुपमा तपाईंले गुलाब जलको प्रयोग गर्नुहोस् गुलाब जलले तपाईंको अनुहार ताजा राख्छ। तपाईको अनुहारमा दैनिक गुलाब जल लगाउनुहोस्।
आँखा वरिपरिको छाला हेरचाह:
हाम्रो आँखा वरिपरिको छाला धेरै कमजोर हुन्छ। त्यसकारण दैनिक तनाव, मोबाइल र ल्यापटप प्रयोगको साथ थकित देखिन्छन्। यसको लागि केही समय आँखामा भिजेको 'टी ब्याग' राख्नुहोस्। यसले आँखालाई आनन्द मिल्नेछ।
योग:
तपाईं स्वस्थ अनुहारको लागि फेस योगको पनि प्रयास गर्नुहोस्। अनुहारको योगले तपाईंको अनुहारको मांसपेशीहरू स्वस्थ र राम्रो राख्दछ।
ओठको स्याहार:
यदि तपाईंलाई धेरै मेकअप मनपर्दैन भने कम्तिमा आफ्नो ओठलाई मुलायम राख्न नबिर्सनुहोस्। तपाईंको ओठ नरम र सुन्दर भयो भने व्यक्तिहरू तपाईंको छाला भन्दा ओठमा बढी केन्द्रित हुनेछन्।
प्रकाशित: ३ माघ २०७७ ०५:४९ शनिबार