coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

मोडेलमा पिसाव थैलीको दुर्लभ शल्यक्रिया

सांकेतिक तस्बिर

मोडेल अस्पतालका चिकित्सकहरुले १४ वर्षीय किशोरीको आन्द्राको जटिल शल्यक्रिया गरी नयाँ जीवन दिएका छन्।  तेह्रथुमकी गंगा बास्कोटाको जन्मजात भएको पिसाव थैलीको शल्यक्रिया गरी कृत्रिम थैली तथा नली बनाएपछि उनको पिसाव चुहिने समस्या रोकिएको हो। शल्यक्रियापछि गंगाले नयाँ जीवन पाएकी छन्।  

मोडेल अस्पतालका बालशल्यचिकित्सक डा. मनोजकृष्ण श्रेष्ठ, अर्थोसर्जन डा. मृदुल श्रेष्ठको समूहले सो शल्यक्रिया सम्पन्न गरेको हो।  शल्यक्रियामा संलग्न चिकित्सक डा. श्रेष्ठका अनुसार गंगाको जन्मजात पिसावको थैलीको राम्रोसित विकसित नभएको, नाइटो पेटको तल्लो भागमा पुगेको र यौनीद्धार भन्दा माथिल्लो भागबाट उनको पिसाव चुहिने समस्या थियो।  

पिसाव निस्कने द्धार नभएको, पिसाव थैली पेटको भित्तामा च्याप्टो अवस्थामा टाँसिएको र पिसाव नली समेत नभएपछि उनको जटिल शल्यक्रिया गरिएको हो। शल्यक्रिया मार्फत उनको सानो आन्द्रा काटेर कृत्रिम पिसावको थैली बनाइ त्यसमा पिसावका नलीहरु जेडिएको र पिसावद्धारा पनि कृत्रिम रुपमै निर्माण गरिएको हो।  

प्रति २५ हजार जना मध्ये १ एक जना बालबालिकामा जन्मजात देखिने यो समस्याको नेपालमा पहिलो पटक शल्यक्रिया भएको अस्पतालका चिकित्सकहरुको दावी छ।  यस्तो समस्यामा ४८ घण्टाभित्रमा शल्यक्रिया गर्नु पर्ने प्रक्रिया छ।  तर उनको उपचार अभावमा चौध बर्षको उमेरमा गर्नु परेकोले शल्यक्रिया दुर्लभ र जटिल भएको डा. श्रेष्ठको दावी छ।  

पिसावको थैलीको शल्यक्रिया सहित हिपको बांगो परेको हड्डीको समेत सोही अस्पतालमा शल्यक्रिया गरेका थिए।  यस अघि गंगा बांङ्गो हिपको कारण उनी सिधा गरी हिंड्न नसक्ने थिइन्।  

अस्पतालका प्रसुति रोग विशेषज्ञ डा. गणेश दंगालका अनुसार एक महिना अघि काठमाडौमा बस्ने दिदी भिनाजु मार्फत उनी पहिलो पटक काठमाडौ आएर प्रसुति गृहमा उपचारमा पुगेकी थिइन्।  प्रसुति गृहमा उपचार सम्भव नभएपछि मोडेल अस्पतालमा रेफर गरिएको थियो। नेपालमा धेरै फिस्टुला भएका महिलाहरुको शल्यक्रिया गर्दै आएका दंगालले नेपाल फिस्टुला फाउण्डेशन मार्फत बिरामीको उपचार तथा खाना खर्चको लागि सहयोग प्रदान गरेका थिए।  उनको उपचारमा २ लाख ५० हजार बराबरको खर्च भएको अस्पतालले जनाएको छ।  उपचारको लागि जर्मनी संस्था प्रोजेक्ट नेपालले १ लाख ५० हजार, फिस्टुला फाउण्डेशनले ३० हजार र बाँकी रकम अस्पतालको आन्तरिक कोषबाट व्यवस्थापन गरिएको थियो।  

विपन्न परिवारकी बास्कोटाको समयमै उपचार हुन नसकेपछि १४ बर्षसम्म पिसावले शरिर भिजाएरै जिउन बाध्य थिइन्।  दिनैभरी पिसावले शरिरमा गन्ध आएपछि स्कुलमा जान नपाएपछि पढाइबाट बंचित थिइन्।

 

 

 

प्रकाशित: २७ पुस २०७७ ०७:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App