coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

डा. अनुप वास्तोला भन्छन् : यो लापर्बाही निकै खतरानाक हुनसक्छ

तस्बिर : वास्तोलाको फेसवुकबाट

शुक्रराज सरुवा रोग अस्पतालका डाक्टर अनुप वास्तोलाले कोरोना भाइरसको पहिलो छालबाट तंग्रिने अवस्थामा रहे पनि पूर्ण सुरक्षित भइनसकेको बताएका छन्।

फेसवुकमा लामो स्ट्याटस लेख्दै डा. वास्तोलाले अहिले नै सुरक्षाका सारा मापदण्ड तोड्न थालिएको प्रति चिन्ता व्यक्त गरेका छन्। 'कोरोना भाइरसको नयाँ प्रजाति र सम्भावित दोस्रो छालको चर्चा हुँदै गर्दा हाम्रो यो लापर्बाही निकै खतरनाक साबित हुन सक्छ', उनले भनेका छन्, 'कोभिड-१९ महामारीको शुरुवाति दिनजस्तै स्वास्थ्यकर्मी र उनका परिवार नयाँ प्रजातिको कोरोना भाइरसको उच्च जोखिममा रहनेछन्। कोभिड-१९ को संक्रमण संख्या घट्दै जाँदा स्वास्थ्यकर्मीका लागि पीपीईको उपलब्धता कम हुनु र हेलचेक्र्याँइ बढ्नु घातक हुन सक्छ।'

चीनमा भाइरस देखिँदा नेपालमा आइपुग्दैन भन्ने मानसिकता हावी भएजस्तै अहिले कोरोनाको नयाँ प्रजातिलाई हलुका रूपमा लिनु मूर्खता हुने उनको बुझाइ छ। कोरोनाको नयाँ प्रजाति छिमेकी भारतसहित ३७ देशमा घुमिसकेको बताउँदै उनले अबका दिनमा अझ चुस्त निगरानी, पर्याप्त परीक्षण र आइसोलेसमा जोड दिएका छन्।  

कोभिड-१९ को पहिलो छालबाट तैरिनै लाग्दा, मापदण्ड नअपनाउने, रोकथामका उपायलाई बेवास्था गर्ने र जताततै खुला छाड्ने हो भने नयाँ प्रजातिसहितको दोस्रो छाल आएमा हामी डुब्ने निश्चित भएको उनको चेतावनी छ। कोरोना भाइरसको नयाँ प्रजाति झनै संक्रामक देखिएकोले यो खतरा रहेको उनको भनाई छ।  

संक्रमण ग्रस्त क्षेत्रबाट नेपाल भित्रिने ठाउँमा उच्च सतर्कता, हरेक व्यक्तिको पहिचान, अनिवार्य परीक्षण, क्वारेन्टाइन/आइसोलेसनबिना कोरोनाको सम्भावित दोस्रो छाललाई रोक्नै नसक्ने उनको बुझाई छ। कोरोनाको नयाँ प्रजाति आउँछ कि भनेर रोकथाम गर्न र आइसक्यो कि भनी अनुसन्धान गर्न उत्तिकै जरुरी भएको उनले बताए।  

 

प्रकाशित: २२ पुस २०७७ ०५:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App