coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

‘कोरोना थकान’ को मूल्य निकै ठूलो हुन सक्छ

चीनको बुहानबाट सुरु भएको कोरोना महामारीले अबको १० दिनमा एक वर्षको चक्र पूरा गर्नेछ। यो अवधिमा यसले आइतबार साँझसम्म विश्वका ७ करोड ६७ मानिसलाई संक्रमित बनाइसकेको छ भने १६ लाख ९३ हजारको ज्यान लिइसकेको छ। यो संक्रामक भाइरसको उपचारमा खास औषधि अझै बनेको छैन तर विश्वका कतिपय देशले योरोगविरुद्ध खोप लगाउन सुरु गरेका छन्।  

गत वर्षको माघ ९ मा नेपालमा पहिलोपटक संक्रमण पुष्टि भएको कोरोना भाइरसका कारण आइतबारसम्ममा २५ लाख ३७ हजार ७२ जना संक्रमित भएका छन् भने १७ सय ८८ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये ९५ प्रतिशतभन्दा बढी निको भएका छन्। आइतबारसम्म सक्रिय संक्रमितको संख्या ८ हजार ८ सय ४० छ।  

सुरुमा आमजनसमुदाय यो भाइरसलाई लिएर डराउनेर तत्काल परीक्षण गर्न चाहन्थे तर अहिले त्यो अवस्था छैन। पत्रपत्रिकाका मुख्य पृष्ठमा कोरोनाका संक्रमणर मृत्युको संख्याका समाचार देखिन छाडेका छन्। स्वास्थ्य मन्त्रालयको दैनिक ब्रिफिङ साताको २ दिनमा झरेको छ। परीक्षणमा देखा पर्ने संक्रमितको अनुपात अर्थात् परीक्षणको पोजिटिभिटी दर घटेर १२र १४ प्रतिशतमा झरेको छ। नेपालका दक्षिणी सीमापारि भारतमा पछिल्ला दिनमा संक्रमण घटेकाले त्यसको प्रभाव नेपालमा पनि परेको छ। यो सुखद हो।  

उसो भए के अब कोरोना महाव्याधीको जोखिमर संक्रमण घटेको हो त ? कतिपयले यस्तो दाबी गरे पनि यो विज्ञानसम्मत छैनर तथ्यहरूको आधारमा यसो भन्न सकिने अवस्था पनि छैन। कोरोना संक्रमितको मृत्युदर पछिल्ला महिनामा लगातार बढ्दो क्रममा छर हाल यो शून्य दशमलव ७० प्रतिशतमा उक्लेको छ। मौसमर प्रदूषणका हिसाबले पनि कोरोना संक्रमण बढ्नसक्ने मानिएको हिउँदयामको मध्यबिन्दुमा नेपाल छ। बजारमा भीडभाड बढेको छ, सामाजिक दुरीको अवज्ञा गरिएको छ भने मास्कको प्रयोगर सही प्रयोगमा कमी देखिएको छ। त्योभन्दा पनि बढी संक्रमणको यथार्थ तस्बिर दिने पिसिआर परीक्षणमा सरकारर आमजनसमुदायको रुचि हराएको छ। संक्रमितको सम्पर्कमा आएकाको कन्ट्र्याक्ट टे«सिङ त एकादेशको कथा बनेको छ। परीक्षणमा देखा पर्ने संक्रमितको अनुपात अर्थात् पोजिटिभिटी दर १२र १४ प्रतिशतको हाराहारीमारहे पनि यो दर अझै पनि उच्च दर हो। सामान्यतया ३ प्रतिशतभन्दा बढी पोजिटिभिटी दररहेका स्थानमा लकडाउनका उपाय अवलम्बन गर्नुपर्ने डब्लुएचओको सिफारिस छ।  

यसरी भाइरसको संक्रमणपछि मानिसमको शरीरमा हुने थकानको लक्षण अहिले नीतिनिर्माता, आममानिसमा सरेको छ। कतिपयले यसलाई ‘कोरोना फटिक अर्थात् कोरोना थकान’को संज्ञा दिएका छन्। यो डरलाग्दो थकानले दोस्रो चरणको कोरोना कहर ल्याउन सक्ने देखिएको छ।र, यसका केही आधार पनि छन्।

पहिलो, इपिडिमियोलोजी तथारोग नियन्त्रण महाशाखाले गत असोजमा ७५ जिल्लाका ३ हजार १ सय ५० जनामा गरेको एक अध्ययनले झन्डै १४ प्रतिशतलाई भाइरस संक्रमण भएको देखिएको थियो। सानो स्याम्पल साइज भए पनि सेरोप्रिभ्यालेन्स अध्ययनको नतिजाले पनि यो महाव्याधी समुदायको भित्री तहमा पुगेको देखिन्छ।  

दोस्रो कारण, खोप कहिलेदेखि उपलब्ध होला भन्नेमा अझै कुनै निश्चितता छैन। अमेरिकी कम्पनी फाइजरलेर चिनियाँ कम्पनी सिनोभ्याकले विकास गरेको खोप हाल कतिपय देशमा लगाउन सुरु गरिएको छ। सोमबारदेखि अमेरिकी कम्पनी मोर्डनाले बनाएको खोप पनि अमेरिकामा लगाउने तयारी छ। तर नेपाललाई पहिलो खोप आउन अझै महिनौं लाग्न सक्ने देखिएको छ। गत साता विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एसिया प्रशान्त क्षेत्रमा कोरोनाविरुद्धको खोप आउन एक वर्ष अझै लाग्न सक्ने बतायो। खोपको विकासर प्रभाव अझै पनि परीक्षणमारहेको बताउँदै डब्लुएचओका क्षेत्रीय निर्देशक डा. ताकेशी कासाईले इन्डोनेसियामा पत्रकार अन्तक्रियामा भनेका थिए, ‘यस क्षेत्रमा तत्काल खोप पाउने सम्भावना कम छर खोप पाउन ६ महिनादेखि १ वर्षसम्म लाग्न सक्छ। विश्व स्वास्थ्य संगठन, गाभीर सेपीको संयुक्त सहकार्यमा स्थापना भएको कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा २० प्रतिशत जनसंख्यालाई खोप लगाउनेर १५ वर्षसम्मका बालबालिकाबाहेक बाँकी ५२ प्रतिशतलाई क्रमशः निःशुल्क खोप उपलब्ध गराउने तयारी नेपालको छ।  

कोरोना महामारीकोरोकथाम तथा नियन्त्रणमा गलत व्यवस्थापनको सबैभन्दा नराम्रो उदाहरण नेपालरहेको बताउँछन् स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्दशक डा. बाबुराम मरासिनी। उनले पछिल्ला दिनमा आम सञ्चारलगायत आम जनसमुदायर सरकार पनि कोरोनाका मात्र कति कुरा गर्ने भनेर थाकेको देखिएको बताए। ‘दुई साताअघिसम्म मलाई दैनिक २÷४ कल पत्रपत्रिकार अनलाइनबाट आउँथे, आजकल यस्ता कल आउन छाडेका छन्,’ ३१ वर्ष स्वास्थ्य क्षेत्रमा काम गरेकार केही वर्षअघि सेवा निवृत्त भएका डा. मरासिनी आफ्नो अनुभव सुनाउँछन्।

मास्क नियमित लगाएर अन्य स्वास्थ्य मापदण्ड पूरा गरेकालाई भाइरसले आक्रमण गर्न नसकेको तर त्यसो नगर्ने कैयनलाई संक्रमण भएको चर्चा गर्दै उनी सुझाव दिन्छन्, ‘केही जिल्लामा मास्कको प्रयोग अनिवार्य गर्न सकिन्छ।’  

महामारीको नियन्त्रण नभइसकेको अवस्थामा आइतबार प्रधानमन्त्रीको सिफारिसमाराष्ट्रपतिद्वारा भएको संसद् विघटनको सिफारिसर आगामी वैशाखमा अर्काे चुनाव गर्ने घोषणाले जनस्वास्थ्यमा झन् ठूलो समस्या थपेकोर महामारीको जोखिम झन् बढेको पूर्व महानिर्देशक डा. मरासिनीको तर्क छ।  

‘बदलिँदोराजनीतिले संक्रमणको जोखिम बढाएको छरराजनीतिक अस्थिरता महामारीको नियन्त्रणका हिसाबले सुखद हुँदैन,’ उनी थप्छन्।

इपिडिमियोलोजी तथारोग नियन्त्रण महाशााका प्रमुख डा. वासुदेव पाण्डे सेरोप्रिफेलेन्स अध्ययनको नतिजार दिनहुँ भइरहेको भाइरस परीक्षणका पोजिटिभिटी दरले महाव्याधीको जोखिम घटेको नदेखाएको स्विकार्छन्। सेरोप्रिफेलेन्समा लक्षण नभएकार अस्पताल नगएकाको सामुदायिक तहमा परीक्षण भएको चर्चा गर्दै डा. पाण्डे ‘संक्रमणको प्रतिशत अझ धेरै माथि हुन सक्ने’ बताउँछन्। ‘कोरोना महामारी नियन्त्रणमा थकान लिने समय यो होइन, सावधानीर प्रतिकार्य झन् सशक्त पार्नुपर्ने अवस्था हो,’ उनी भन्छन्, ‘सरकारले छिट्टै नै ३ देखि ५ लाख जनसंख्यामा एन्टिजेन परीक्षण गर्न लागेकाले महामारीको अवस्थालाई प्रस्ट पार्नेछ।’

सरकारको अकर्मण्यता हँुदाहँुदै पनि आमनागरिकले यो अवधिमा स्वास्थ्य सजकता अबलम्वन गर्न झन् बढी आवश्यकरहेको देखिएको छ। सरुवारोग विशेषज्ञ डा. अनुप सुवेदी महामारी कम भए मात्र सरकारर आमजनसमुदायले थकान लिनसक्ने तर्क गर्छन्। ‘मानिसको आनीबानीमा हेलचक्र्याइँको मात्रा बढेको छ, मास्क लगाउन कतिपयले छाडेका छन्। यस्तै सामान्य खोक्दासमेत डराएर परीक्षण गर्न जाने मानिस अहिले सिकिस्त हुने बेलासम्म घरै बस्न थालेका छन्,’ डा. सुवेदी भन्छन, ‘सरकारले महामारी नियन्त्रणमा वास्तै गर्न छाडेको देखिएको छर उपचारमा संलग्न स्वास्थ्यकर्मी अत्यन्त ठूलो मानसिक तनावमारहेका छन्।’

अन्य कतिपय देशमा सामाजिक सुरक्षाका कारणर खोप छिट्टै पाउनेमा मानिस आशावादी भएका तर नेपालमा सरकारको अर्कमण्यताका कारण सरकारप्रति अविश्वास बढेकोर मानिस निराश भएको तर्क डा. सुवेदीको छ। ‘सरकारले महामारी नियन्त्रणमा निश्चित कार्ययोजना ल्याएर जनतामा विश्वास दिए भने मानिसमा देखिएको कोरोना थकान घट्न सक्छ, उनीहरूले सरकारको निर्देशन पालना गर्न थाल्छन्,’ उनी भन्छन्, ‘यो जटिल अवस्थामा स्वास्थ्य सतर्र्कतालाई झन् बढी प्रभावकारी रूपमा अवलम्बन गर्नुपर्ने देखिएको छ।’

प्रकाशित: ६ पुस २०७७ ०५:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App