coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कोरोना उपचारमा निजी अस्पतालको मनपरी, परीक्षण शुल्क पनि तोकेभन्दा बढी

कोभिड १९ परीक्षण तथा उपचारमा सरकारले तोकेको भन्दा बढी शुल्क लिने गरेको पाइएको छ।  राजधानीका ग्राण्डी इन्टरनेशनल, ह्याम्स, ग्रिनसिटी,नर्भिक,नेपाल मेडिसिटी, स्टार अस्पताल ललितपुर लगायतका निजी अस्पतालहरुले सरकारले तोकेको २ हजार भन्दा बढी २२ सयदेखि २४ सय रुपैयाँ लिएको पाइएको हो। नागरिकले यी अस्पतालहरुसँग शुल्कबारे बुझ्दा ग्रिनसिटी, नेपाल मेडिसिटी, ह्याम्स र  स्टार अस्पतालले प्रति नमूना  २४ सयको दरले लिने गरेको जनाएका छन् भने नर्भिक र ग्राण्डी इन्टरनेशन अस्पतालले प्रति नमूना २२ सय रुपैयाँ शुल्क लाग्ने जानकारी दिए।  

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर नमूना परीक्षणमा २ हजार भन्दा लिन नपाइने जनाएको छ।  मन्त्रालयका सह– प्रवक्ता डा.समीर कुमार अधिकारीले अहिले तोकेको शुल्क २ हजारनै नाफा सहित तोकेको हुनाले त्यो भन्दा बढी लिनु नियम विपरित रहेको जनाए।  

पिसिआर परीक्षण शुल्क बाहेक कोभिड उपचारको नाममा ओपिडी शुल्क तथा भर्ना शुल्क समेत बढी लिएको बिल बिरामीहरुले मन्त्रालयमा पेश गरेको मन्त्रालयले जनाएको छ।  यसरी बढी शुल्क लिएको बिल देखिएका अस्पतालहरुमा नेपाल मेडिसिटी, ह्याम्स लगायतका अस्पतालहरुबाट कोभिड १९ उपचारमा सरकारले तोकेको भन्दा बढी शुल्क लिएको गुनासो आएको मन्त्रालयले जनाएको छ।  

निजी अस्पतालहरुले लिएको शुल्कको बिल हेर्दा सरकारले तोकेको भन्दा बढी देखिन आएको मन्त्रालयका सह–प्रबक्ता डा. अधिकारीले बताए।  कोभिड उपचार सेवा दिने सूचीकृत अस्पतालहरुले प्रति दिन बिरामीको अवस्था अनुसार ३५ सय, ७ हजार र १५ हजार भित्र मात्र शुल्क लिन पाइन्छ।  निजी अस्पतालहरुले कोभिड उपचारको २० प्रतिशत भन्दा बढी शुल्क लिन नपाउने व्यवस्था छ।  तर बिरामीहरुको उपचारको विल हेर्दा तोकेको भन्दा ५० प्रतिशत भन्दा बढी शुल्क लिएको गुनासो आएको मन्त्रालयले जनाएको छ।  

विल मन्त्रालयमा पेश भएपनि पीडितले निजी अस्पतालहरुबाट बिना जानकारी आफु ठगिएको भनी उजुरी दिएमा कारवाहीको प्रक्रिया अघि बढ्ने मन्त्रालयका केश म्यानेजमेन्ट कार्यदलका संयोजक डा. रोशन कुमार पोखरेलले बताए।  ‘लिखित रुपमा उजुरी आएपछि ठगिएको ठहर भएमा सम्वन्धित अस्पतालहरुलाई कारवाही हुन्छ’ संयोजक डा. पोखरेलले भने २० प्रतिशत बढी शुल्क लिन पाउने व्यवस्था उपभोक्ता नियममा छ।  तर बिरामीलाई जानकारी नदिई सरकारले तोकेको भन्दा बढी शुल्क लिएमा भने कारवाही हुन्छ।  ‘ लिखित मुद्दा आएमा मात्र कारवाही हुने देखिन्छ’ उनले भने।    

 

प्रकाशित: २३ मंसिर २०७७ ११:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App