१० माघ २०७७ शनिबार
स्वास्थ्य

कोरोना खोपको सहज पहुँच: एक परोपकारी धनाढ्यले कति प्रभाव पार्लान् ?

मेगान टुहे/निकोलस कुलिस

विश्वका सबैभन्दा ठूला खोप निर्मातासँग एक समस्या छ । विश्वका गरिबलाई खोपको पहुँच सुनिश्चित गर्न सेरम इन्स्टिच्युट अफ इन्डियाका प्रमुख कार्यकारी अडार अदर पुनबालालाई ८५ करोड अमेरिकी डलर आवश्यक छ । उनले हिसाबकिताब गरेर आफ्नो कम्पनीले ३० करोड अमेरिकी डलरसम्मको जोखिम लिन सक्ने भए तर उनलाई अझै पनि आधा अर्ब अमेरिकी डलरको जोहो गर्नुपर्ने भयो । उनले अमेरिकाको सियाटलका सेवा निवृत्त सफ्टवेयर प्रमुखसँग सहयोगको अपेक्षा गरे ।

माइक्रोसफ्टका संस्थापक तथा दाता बिल गेट्सलाई उनले धेरै पहिलादेखि चिनेका थिए । औषधि निर्मातासँग मिलेर विकासोन्मुख राष्ट्रमा विभिन्न खोप पु-याउन गेट्सले अर्बौं डलर खर्चेका थिए र त्यही कारण विश्व स्वास्थ्य क्षेत्रमा सबैभन्दा शक्तिशाली व्यक्ति बनेका थिए ।  

ग्रीष्म ऋतुको अन्तताका भएको उनीहरूको वार्तालापका कारण बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनबाट उनलाई १५ करोड अमेरिकी डलर उपलब्ध हुने भयो । सेप्टेम्बरसम्म आइपुग्दा सो फाउन्डेसनले आफ्नो प्रतिबद्धतालाई दुई गुणा बढायो ।  

यो सबै अभ्यास विश्वका एक सय ५० देशमा कोरोना खोप उपलब्ध गराउने उद्देश्यको गृहकार्यसँग जोडिएका थिए । सार्वजनिक पैसाको लगानीमा भएको यो प्रयासलाई गैरनाफामूलक दुईवटा संस्थाले नेतृत्व गरिरहेका छन्, जसलाई गेट्सले सहयोग गरेका छन् । विश्व स्वास्थ्य संगठनको सबैभन्दा ठूलो दाता गेट्स फाउन्डेसन हो ।  

पेसाले वैज्ञानिक अथवा चिकित्सक नभए पनि संसारका यी धनी व्यक्ति खोपको विश्वव्यापी पहुँच अभियानको पृष्ठभूमिमा रहेका छन् । उनको ५० अर्ब रूपैयाँ सम्पत्ति भएको फाउन्डेसनले यसमा केन्द्रीय भूमिका निर्वाह गरेको छ । गेट्स र उनको टिमले आफ्नो दुई दशक लामो अनुभवलाई यो प्रयासमा जोडेका छन् ।

‘हामीसँग सरकारहरू र औषधि कम्पनीसँग काम गरेको अनुभव छ, त्यसैले हामीले महत्वपूर्ण भूमिका निर्वाह गर्न आवश्यक छ,’ हालै एक अन्तवार्तामा उनले भनेका छन् ।

हाल नियमनकारी निकायबाट कोरोना खोप अनुमोदन हुने चरणमा रहेको पृष्ठभूमिमा विश्वको ठूलो जनसंख्यालाई कसरी खोप सुनिश्चित गर्ने भन्ने चुनौती छ । विश्वव्यापी रूपमा खोपको पहुँचलाई सहज पार्न गठन गरिएको कोभ्याक्स सुविधा पनि अन्योलमा छ, अपेक्षाकृत प्रगति गर्न सकेको छैन ।

यो सुविधाले अनुसन्धान, निर्माण र विपन्न राष्ट्रलाई आर्थिक सहायताका लागि मात्र साढे तीन अर्ब अमेरिकी डलरको जोहो गर्न सकेको छ । यी राष्ट्रलाई चाहिने खोपका अर्बौं डोजलाई सर्वसुलभ, यथाशीघ्र उपलब्ध गराउन त्यति सजिलो छैन । अमेरिका र अन्य केही धनी राष्ट्रले औषधि निर्मातासँग छुट्टाछुट्टै सम्झौता गरेर अगाडि बढेको सन्दर्भमा यो झन् चुनौतीपूर्ण बनेको छ ।  

पछिल्ला महिना गेट्सले औषधि निर्मातासँग अनलाइन राउन्ड टेबल बैठक लगातार गरिरहेका छन् । उनले विश्वका नेताबाट केही वित्तीय सहयोगको प्रतिबद्धता पनि जुटाएका छन् । गत साता मात्र उनी र उनकी पत्नी मेलिन्डा गेट्सले फ्रान्सका राष्ट्रपति इमानुअल मेक्रोन, जर्मन चान्सलर एन्जेला मर्केल र युरोपियन युनियन अध्यक्ष उर्सुला भोन डेर लेयन र आबुधाबीका राजकुमार मोहम्मद बिन जायदसँग वार्तालाप गरेका छन् । यसैगरी वासिङ्टनमा उनी डा. एन्थोनी एस फाउसी, पोलियोबाट बाँच्न सफल अमेरिकी सिनेटर मिच म्याककोनेलसँग लगातार सम्पर्कमा छन् ।

मेगान टुहे/निकोलस कुलिस

‘कतिपय मानिसले यो कार्यमा किन बिल गेट्स भन्लान्,’ डब्लुएचओको पूर्वज्ञान व्यवस्थापन निर्देशक डा. एरियल पाब्लोस मेन्डेज भन्छन्, ‘उनीसँग स्टार पावर छ, स्रोत–साधन छ, यो क्षेत्रमा अन्य खेलाडी पनि छन् तर उनको स्तरसँग अरूको तुलना हुन सक्दैन ।’

गेट्स फाउन्डेसनको सौभाग्य र विशेष ध्यानका कारण खोपसम्बन्धी यो प्रयास सफल भएमा विश्वका १३ लाख मानिसको ज्यान लिइसकेको भाइरसको संक्रमणबाट गरिब जनसंख्यालाई सुरक्षित पार्न सकिनेछ, जुन परोपकारी संस्था र औषधि निर्माताका लागि ठूलो सफलता बन्नेछ । 

‘कतिपय मानिसले यो कार्यमा किन बिल गेट्स भन्लान्,’ डब्लुएचओको पूर्वज्ञान व्यवस्थापन निर्देशक डा. एरियल पाब्लोस मेन्डेज भन्छन्, ‘उनीसँग स्टार पावर छ, स्रोत–साधन छ, यो क्षेत्रमा अन्य खेलाडी पनि छन् तर उनको स्तरसँग अरुको तुलना हुन सक्दैन ।’ 

महामारीको यो अवधिमा केही जनस्वास्थ्य अधिकारी र अभियन्ताले सार्वजनिक पैसाको लगानी गरिएका औषधि निर्माताले अत्यधिक स्तरमा खोप निर्माणका लागि प्रविधि, तथ्यांक र अन्य जानकारीको साझेदारी गर्नुपर्ने आवाज उठाएका छन् । भारत र दक्षिण अफ्रिकाले भाइरससम्बन्धी बौद्धिक सम्पदा अधिकारलाई निलम्बन गर्न माग गरेका छन् ।

विश्वव्यापी खोप सम्झौताको हालको योजना हेर्ने हो भने यसले अर्काे वर्षको अन्तसम्म गरिब राष्ट्रका २० प्रतिशत जनसंख्या मात्र खोपबाट लाभान्वित हुन सक्ने छन् । अन्य अनुमानमा यी देशका सबै जनसंख्याले खोप पाउन सन् २०२४ को अन्तसम्म कुर्नुपर्ने देखाएका छन् ।

यसैबीच कतिपय राष्ट्रले खोप परियोजनाका लागि उनीहरूसँग आवश्यक परामर्श नगरिएको पनि गुनासो गरेका छन् ।

‘उनीहरूले हामीलाई पैसा तिर्न बाध्य बनाएका छन्,’ इक्वेडरका स्वास्थ्यमन्त्री युआन कारलोस जेभालसले भने, ‘कुन खोप लिने भनेर हामीले रोज्न पाएका छैनौँ, उनीहरूले जुन दिन्छन्, हामी त्यही लिन बाध्य छौँ ।’

यस्ता आलोचनाको केन्द्रमा गेट्स रहने गरेका छन् । कतिपयले भारत र अफ्रिकाका धेरै बालबालिकाको मृत्युको कारण बनेको खोप परीक्षणमा उनको फाउन्डेसनको हात रहेको समेत आरोप लगाएका छन् । तर उनी यसबाट बिचलित छैनन् ।

गेट्स फाउन्डेसनलाई ३१ अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका अर्का अर्बपति वारेन बफेट भन्छन्, ‘हामी कठिन कार्यसँग जुध्न तयार छौँ ।’

बिल गेट्सको पूर्वाभास
चीनको वुहानमा रहेको पशुपक्षी बजारबाट भाइरस संक्रमण सुरु भएको समाचार गेट्सले पाएलगत्तै फेब्रुअरी १४ मा उनी र उनको टिमले प्रतिकार्यका लागि योजना बनाउन सुरु गरिसकेको थियो । ‘हामी ठूलो खतराका पूर्व सन्ध्यामा छौँ,’ उनले भनेका थिए ।  

त्यसको दुई सातापछि विश्वव्यापी खोप सञ्जाल–गाभीका प्रमुख कार्यकारी डा. सेथ बर्कले र गेट्सको भेट भयो । ब्रेकफास्ट खाँदै गर्दा दुवैले विकासोन्मुख देशमा खोप कसरी पु¥याउने भन्ने विषयमा छलफल गरेका थिए । त्यो वार्तालापको दुई दिनपछि अर्थात् मार्च १३ मा विश्व स्वास्थ्य संगठनले कोराना भाइरसलाई विश्वव्यापी महामारी भनेर घोषणा गरेको थियो । यो अवधिमा गेट्सले विश्वका १२ प्रमुख औषधि निर्मातासँग अनलाइन संवाद गरिसकेका थिए, जसमा अहिले खोप निर्माणको प्रतिस्पर्धामा अग्रपंक्तिमा रहेका अमेरिकी कम्पनी फाइजर र जोन्सन एन्ड जोन्सन पनि थिए । उनी यो क्षणका लागि तयार थिए, संकटका लागि विश्वव्यापी संरचना निर्माणका लागि जुटेका थिए । उनले हालसम्म यो सुरुवातका लागि ५५ अर्ब अमेरिकी डलर उपलब्ध गराइसकेका छन्, जुन अमेरिकामा प्रभावशाली मानिएको फोर्ड फाउन्डेसनको कुल सम्पत्तिभन्दा चार गुणा बढी हो । त्यसो त, गेट्स सन् १९९० को अन्तताका नै खोपतर्फ आकर्षित भएका हुन् । उनको विशेषज्ञता रहेको प्रविधिको क्षेत्रले खोप पहुँचमा सहयोग पु¥याउन सहयोग गरेको छ । कतिपय पश्चिमा राष्ट्रले नाफा नभएका कारण खोप निर्माण गर्न बन्द गरेको बेल गेट्सले जीवनरक्षक मानिएका खोपको निर्माण गर्न सक्रिया भूमिका खेलेकाछन् ।

उनले मानव अधिकार र पैरवीभन्दा पनि खोपमा प्रविधिलाई महत्ता दिएका छन् । उनको फाउन्डेसनले खोप कार्यक्रमका लागि १६ अर्ब अमेरिकी डलर उपलब्ध गराइसकेको छ, जसमध्येको एक चौथाइ सहयोग गाभीलाई उपलब्ध गराइएको छ । यसैगरी एड्स, क्षयरोग तथा मलेरिया रोगका विरुद्ध गठन गरिएको विश्वव्यापी कोषलाई उनले २.२५ अर्ब अमेरिकी डलर उपलब्ध गराएका छन् ।

१३ मा विश्व स्वास्थ्य संगठनले कोराना भाइरसलाई विश्वव्यापी महामारी भनेर घोषणा गरेको थियो । यो अवधिमा गेट्सले विश्वका १२ प्रमुख औषधि निर्मातासँग अनलाइन संवाद गरिसकेका थिए, जसमा अहिले खोप निर्माणको प्रतिस्पर्धामा अग्रपंक्तिमा रहेका अमेरिकी कम्पनी फाइजर र जोन्सन एन्ड जोन्सन पनि थिए । उनी यो क्षणका लागि तयार थिए, संकटका लागि विश्वव्यापी संरचना निर्माणका लागि जुटेका थिए । उनले हालसम्म यो सुरुवातका लागि ५५ अर्ब अमेरिकी डलर उपलब्ध गराइसकेका छन्, जुन अमेरिकामा प्रभावशाली मानिएको फोर्ड फाउन्डेसनको कुल सम्पत्तिभन्दा चार गुणा बढी हो ।

सुरुमा १० करोड अमेरिकी डलर सहयोग प्रतिबद्धतासहित गेट्सले महामारी रोकथामका लागि सञ्जाल–सेपी स्थापना गर्न सहयोग गरेका छन् । सेपी, गाभी र डब्लुएचओले मिलेर कोरोना भाइरसको खोप अभियानमा सहकार्य गरेका छन् । कुल १६ सय कर्मचारी रहेको गेट्स फाउन्डेसनले गैरनाफामूलक संस्था र औषधि कम्पनीसँग सीधा समन्वय र सहकार्य गर्दै आएको छ । यसमध्ये एक जर्मन औषधि निर्माता कम्पनी बायोएनटेक पनि हो, जसले सन् सेप्टेम्बरमा ५ करोड ५० लाख अमेरिकी डलरको लगानी आकर्षित गर्न सफल भएको थियो । गत साता अमेरिकी कम्पनी फाइजर र यही जर्मन कम्पनीले निर्माण गरिरहेको कोरोना खोप ९५ प्रतिशत प्रभावकारी भएको घोषणा गरिएको थियो ।  

त्यसो त, कतिपय जनस्वास्थ्य अधिकारीले गेट्सले खोपमा यति धेरै लगानी नगरीकन स्वास्थ्य प्रणाली सशक्त पार्न सम्बन्धित देशलाई सहयोग गर्नुपर्ने तर्क पनि गर्छन् । अन्यले कुनै एक व्यक्तिले यति धेरै प्रभाव पार्नु त्यति राम्रो नभएको पनि बताउँछन् । तर खुलेर गेट्स फाउन्डेसनको आलोचना गर्नेको संख्या अत्यन्त कम छ । फाउन्डेसनले भविष्यमा सहयोग नगर्ला भनेर उनीहरू खुल्न सकेका छैनन् । यस्तो सेल्फ–सेन्सरसिपलाई आजकल ‘द बिल चिल’ भनेर समेत भनिन थालेको छ ।  

विश्व स्वास्थ्य संगठनसँग गेट्स फाउन्डेसनको बेलाबेला बेमेल रहे पनि अहिले दुवैले एक–अर्कालाई सम्मान गरेका छन् । हालै गेट्सले एक अन्तर्वार्तामा भनेका छन्, ‘हामीसँग बेमेलका कुनै विषय छैनन् ।’ विश्व स्वास्थ्य संगठनको सहयोग गर्नेमा गेट्स फाउन्डेसन दोस्रो ठूलो दाता हो ।  

क्यापिटलिजम् एट वर्क
मार्चसम्म आइपुग्दा गेट्सले औषधि निर्माता कम्पनीलाई तीव्र गतिमा दौडन, एकअर्कालाई सहयोग गर्न र औषधिको कम्पाउन्ड सहितका पुस्तकालयलाई खोल्न र उत्पादन जिम्मेदारीलाई साझेदारी गर्नसम्म अनुरोध गरिसकेका थिए । फाउन्डेसनले औषधि निर्माता कम्पनी नोभार्टिसका पूर्वप्रमुख डा. ट्रेभोर मुन्डेल, फाइजरका पूर्वउपाध्यक्ष इमिलियो इमिनीलाई आफ्नो टिममा समावेश गरेको छ । गेट्स फाउन्डेसनका वैज्ञानिक सल्लाहकार समितिका अध्यक्ष समेत अक्सफोर्ड विश्व विद्यालयको स्वास्थ्य अनुसन्धान रणनीतिलाई नेतृत्व गरिरहेका सर जोन वेलले विश्व विद्यालसँग मानिसमा गरिने क्लिनिकल ट्रायलको अनुभव नभएकाले बेलायत र स्विडेनका संयुक्त लगानीमा रहेका औषधि कम्पनी अस्ट्राजेनेकासँग सहकार्यलाई अगाडि बढाएका थिए । ‘हामीले अक्सफोर्डलाई भन्यौँ, क्लिनिकल ट्रायलको अनुभव भएको साझेदार तिमीलाई आवश्यक पर्छ,’ गेट्सले भने । गेट्सबाट वित्तीय सहयोगको प्रतिबद्धता प्राप्त भएपछि भारतको औषधि उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले खोप निर्माण गर्न गएको ग्रीष्म ऋतुमा सहमति गरिसकेको थियो । यति नै बेला अमेरिका र अन्य देशले औषधि निर्माता कम्पनीसँग सम्झौता गरिरहेका थिए । अमेरिकाले ‘अपरेसन ¥याप स्पिड’ सुरु गरेर खोप निर्माणको गतिलाई तीव्रता दिएको थियो । यसरी खोप निर्माणमा अमेरिका र विश्वव्यापी प्रयासमा दोहोरापना पनि देखिएको थियो । उदाहरणका लागि औषधि उत्पादक कम्पनी अस्ट्राजेनेका, नोभाभ्याक्स र सानोफीले दुवैतिर आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए । गेट्सले अमेरिकी प्रयासले सबैको हित गर्ने भनेर प्रशंसा गरेका थिए । तर, धेरै देशले औषधि कम्पनीसँग द्विपक्षीय सम्झौता गर्दा बाँकी विश्वले खोपको डोज पाउन धेरै कुर्नुपर्ने स्थिति आउन सक्ने डर छँदै थियो ।

गेट्स अमेरिका नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिजका प्रमुख डा. फाउसीसँग महŒवपूर्ण सल्लाह लिँदै आएका छन् । दश वर्षअघि अर्बपति गेट्सले फाउसीलाई घरमै बोलाएर क्षयरोग, पोलियो र एड्सको रोकथामका लागि महत्वपूर्ण कामको सुरुवात गरेका थिए । त्यसो त, यी दुई व्यक्ति केही साता बिराएर आपसी छलफल गर्ने गर्छन् । फाउसी अन्य देशमा भइरहेका परीक्षणले कस्तो नतिजा दिएको छ भन्नेमा चासो राख्छन् भने गेट्स अमेरिकाको नियामक निकायले कस्तो भूमिका निभाउँछ र अमेरिकी सरकारले खरिद गरेका खोप गरिब राष्ट्रलाई अनुकूल हुन्छ कि हँुदैन भन्नेमा बढी जानकारी लिन्छन् । उदाहरणका लागि फाइजरले विकास गरेको खोपलाई अत्यधिक चिसोमा राख्नुपर्ने भएकाले कतिपय स्थानमा यो खोप पु-याउन व्यावहारिक कठिनाइ देखिएको छ । ‘कोरोना खोप विकासोन्मुख देशमा प्रयोग गर्न सकिने बनाउन गेट्स चाहन्छन्,’ एक अन्तर्वार्तामा फाउसीले भनेका छन् ।

सफल लबी
मे ४ मा गेट्स दम्पतीले बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई भिडियो कल गरे । उनीहरूले बेलायती प्रधानमन्त्रीलाई छोरो जन्मेकामा बधाई दिए । सँगसँगै कोरोना संक्रमणका कारण भएको अस्पताल बसाइको अनुभवका बारेमा सोधे । छलफलकै क्रममा विश्वका गरिब राष्ट्रले खोप नपाएसम्म विश्व र विश्व अर्थतन्त्र भाइरसबाट सुरक्षित हुन नसक्नेमा दुवै सहमत भए । बेलायतले त्यसपछि खोप विकासमा आफ्नो प्रतिबद्धतालाई झन् बढायो ।  

यसैगरी उनले ट्रम्प प्रशासनलाई पनि विश्वव्यापी खोप अभियानमा थप लगानी गर्न अनुरोध गर्दै आएका छन् । गैरराजनीतिक व्यक्ति भएका कारण सबै पक्षसँग उनको समान पहुँच छ । स्मरणीय के छ भने ट्रम्प प्रशासनले विश्व स्वास्थ्य संगठनलाई बर्सेनि दिँदै आएको ४० करोड अमेरिकी डलरको सहयोग बन्द गरेको छ र कोरोना भाइरस नियन्त्रणको विश्वव्यापी प्रतिकार्यमा ट्रम्प अनिच्छुक छन् । हालै सम्पन्न राष्ट्रपति चुनावमा विजयी भएका जो बाइडेनले विश्व स्वास्थ्य संगठनलाई पुनः सहयोग गर्ने बताएकाले अमेरिकाको दृष्टिकोणमा परिवर्तन आउन सक्ने देखिएको छ ।  

यसैगरी खोप निर्माण भएपछि औषधि निर्माताले सबै देशलाई एउटा मूल्य निर्धारण गर्छन्, अथवा गरिब राष्ट्रलाई सहुलियतमा दिन्छन्, अर्काे चुनौतीको विषय रहेको छ ।  

निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यले यसमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । जोन हपकिन्स विश्व विद्यालयका भ्याक्सिन एक्सेस सेन्टरका निर्देशक छिजोपा बारवारा बोनोडी भन्छन्, ‘सहुलियत त हुनै पर्छ तर विभिन्न देशले खोपको मूल्य मिलेर तिर्न तयार हुनुपर्छ ।’

कोरोना भाइरसका संक्रमणको स्तर विश्वव्यापी रूपमा बढिरहेको सन्दर्भमा गेट्सले भनेका छन्, ‘यो महामारीलाई हामीले कहिले अन्त गर्ने ? यो विषयसँग खोप जोडिएको छ ।’
न्युर्याेक टाइम्सबाट

प्रकाशित: १३ मंसिर २०७७ १२:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App