४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

८ हजार १४४ जनाको परीक्षण गर्दा १ हजार ६७४ मा कोरोना

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपराह्र अपडेट गरेकाे तथ्यांकअनुसार देशभर ८ हजार १ सय ४४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

याेसँगै नेपालमा काेराेनाबाट संक्रमितको कूल संख्या २ लाख १८ हजार ६३९ पुगेको छ। 

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ हजार ३ सय २३ जना निकाे भएका छन्। याेसमेत  संक्रमणमुक्त हुनेकाे कूल संख्या १ लाख ९३ हजार ३ सय २५ पुगेकाे छ।

यस्तै काेराेनाबाट थप ७ जनाकाे मृत्यु भएकाे छ। याेसँगै काेराेनाका कारण मृत्यु हुनेकाे कूल संख्या १ हजार ३ सय ५ पुगेकाे मन्त्रालयले जनाएको छ।

प्रकाशित: ६ मंसिर २०७७ १०:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App