६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

नेपालका ६ लाख जनालाई कोरोना संक्रमण हुने अनुमान छ : स्वास्थ्यमन्त्री ढकाल

फाइल तस्बिर : स्वास्थ्यमन्त्री ढकाल

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कूल जनसंख्याको २ प्रतिशतसम्म नागरिकलाई कोरोना भाइरसको संक्रमण हुन सक्ने अनुमान सरकारले गरेको बताएका छन्।  

अहिले नेपालको जनसंख्या करिब ३ करोड छ। यसको २ प्रतिशत भन्नाले ६ लाख जना हुन्छ।

शनिबार काठमाडौंमा आयोजित ‘कोभिड-१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिका’ अन्तरक्रियामा उनले त्यस्तो अनुमान सार्वजनिक गरेका हुन्।  

साथै उनले अबको ४ महिनामा १ लाख ४८ हजार जनासम्मलाई कोरोना संक्रमण हुन सक्ने अनुमान रहेको पनि जानकारी दिए।  

मन्त्री ढकालले कोरोनाविरुद्धको खोप नेपाली जनतालाई पनि दिलाउन सकियोस् भन्नेतर्फ सरकार जोडतोडसाथ लागिरहेको बताए।

स्वास्थ्य मन्त्रालयको शुक्रबार दिउँसोसम्मको तथ्यांकअनुसार देशभर कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ। 

सरकारको अनुमानअनुसार अब अझै ४ लाख व्यक्तिलाई कोरोना संक्रमण हुने देखिन्छ। 

प्रकाशित: ६ मंसिर २०७७ ०८:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App