coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

दिल्लीमा कोरोना महामारीको तेस्रो लहर, मुख्यमन्त्री भन्छन् : फेरि लकडाउन गर्नुपर्ने हुन सक्छ

भारत दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले प्रदेश (दिल्ली) मा कोरोना महामारीको तेस्रो लहर सुरु भएको बताएका छन्।  

भारतीय सञ्चारमाध्यमका अनुसार उनले सोमबार उक्त जानकारी दिएका हुन्। तर पनि फेरि लकडाउन हुने शंकालाई भने उनले अस्वीकार गरे।  

तर त्यसको २४ घण्टा नबित्दै मुख्यमन्त्री अरविन्द केजरीवालले पत्रकार सम्मेलन गर्दै उनका सबै कुरालाई खारेज गरेको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ।  

मंगलबार उनले भने, ‘प्रदेशमा कोरोना संक्रमण यसैगरी तीव्र गतिमा बढिरह्यो भने सहरका मुख्य मुख्य बजार पुनः बन्द गर्नुपर्ने हुन्छ। साथै सार्वजनिक समारोहमा सय जनासम्म भेला हुन पाउने जुन अनुमति थियो, त्यसलाई घटाएर ५० जनामा मात्र सीमित गर्ने योजनामा छौं।’

प्रकाशित: ३ मंसिर २०७७ ०९:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App