coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

उपचारको क्रममा युवतीको ज्यान गएपछि टाईम्स पोलिक्लिनिक बन्द

दर्ताविहीन पोलिक्लिनिक र युवतीको ज्यान गएपछि जम्मा भएका आफन्तजन । तस्बिर : महेश्वर

सदरमुकाम त्रियुगा नगरपालिका ११ टेम्पोचोक गाईघाटस्थित ‘टाईम्स पोलिक्लिनिक एण्ड हेल्थकेयर सेन्टर’मा उपचारको क्रममा एक युवतीको ज्यान गएपछि प्रहरीले पोलिक्लिनिक बन्द गराएको छ। शनिबार विहान सामान्य ज्वरो र टाउको दुखेपछि उपचारार्थ पोलिक्लिनिकमा उपचार गर्न ल्याइएकी त्रियुगा नगरपालिका २ सनुवाकी २३ वर्षीया बिनिता थापाको उपचार सुरु गरेको केही घण्टामै ज्यान गएको थियो।  

युवतीका आफन्तले डाक्टरको लापरबाहीले ज्यान गएको भन्दै कारबाही माग गरेपछि प्रहरीले पोलिक्लिनिक बन्द गराएको शो। नियमानुसार नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयमा दर्ता नगरी पोलिक्लिनिक सञ्चालनमा ल्याएको पाइएकाले बन्द गराइएको जिल्ला प्रहरी प्रमुख एसपी भीम डाक्टरको बताए। मृतकका आफन्तलाई उद्धृत गर्दै प्रहरीले जनाए अनुसार विहान ८ बजे उपचारका लागि ल्याइएकी युवतीको उपचारको क्रममा दिउँसो १ बजे होस गुमेपछि जिल्ला अस्पताल लाँदा डाक्टरले मृत घोषित गरेका थिए।

आफन्त विक्रम थापालाई उद्धृत गर्दै एसपी दाहालले बताए अनुसार विहान ११ बजेसम्म स्वास्थ्य अवस्था सामान्य रहेको उनी खाना खाएर हिडडुल गर्नसक्ने अवस्थामा थिईन् तर, दिउँसो १ बजेपछि एक्कासी मुखबाट रगत बगेर बेहोस भएपछि पोलिक्लिनिकले उपचार गर्न नसक्ने भन्दै रिफर गर्यो। पोलिक्लिनिबाट मुस्किलले मोटरसाईकलमा ५ मिनेटको बाटोमा पुगिने जिल्ला अस्पताल पुग्दा उनको मृत्यु हुनुको कारण डाक्टरको गलत औषधि हुनसक्ने आशंका आफन्तको छ।  

डा. रामजीवन यादवले सञ्चालन गरेको टाईम्स पोलिक्लिनिक दर्ताविहीन पाइएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए। युवतीको औंलामा विहान सानो चोट लागेर दुखेपछि ब्रुफिन (पेनकिलर) नामक औषधि खाएर हल्का भएको तर, पुनः ज्वरो र टाउको दुख्ने, रिङ्गटा चल्ने भएपछि पोलिक्लिनिकमा उपचार गराउन ल्याएको आफन्तले बताएको सुबेदीले बताए। मुखबाट रगत बग्नु तथा औंलामा चोट पर्नुको कारण युवतीलाई विषालु सर्पले डसेको पनि हुनसक्ने सुबेदीको अनुमान छ।  

दर्ताविहीन पोलिक्लिनिकको छानविन गर्न प्रहरीको आग्रह अनुसार जनस्वास्थ्यले स्थलगत अनुगमन गर्ने तयारी गरेको छ। जनस्वास्थ्य प्रमुख सुबेदीका अनुसार जिल्ला जनस्वास्थ्यमा दर्ता नभएको र जानकारीमा आए अनुसार नगरपालिकामा पनि पोलिक्लिनिक दर्ता भएको छैन। मान्छेको ज्यानै गईसकेपछि दर्ताविहीन उपचार केन्द्रको बारेमा सत्यतथ्य पत्ता लगाउन छानविन गरिने सुबेदीले बताएका छन्। घट्नाको विषयमा बुभ्न खोज्दा पोलिक्लिनिक सञ्चालकसँग सम्पर्क हुन सकने।  

युवतीको शव पोष्र्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। आफन्तले डा. को लापरबाहीले ज्यान गएको भन्दै शव उठाउन नमानेकाले अस्पतालमै राखिएको एसपी दाहालले बताए। दसैंको मुखमा खाँउखाँउ लाँउलाँउकी युवतीको ज्यान गएपछि थापा परिवार शोकमग्न भएको छ।

प्रकाशित: ९ कार्तिक २०७७ ०५:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App