coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

‘म गन्ध थाहा पाउँदिनँ, तर मलाई कोरोना भएको होइन’

यज्मिन सालाजार

पछिल्लो समय गन्ध र स्वाद थाहा नपाउनु पनि कोरोना संक्रमणका लक्षण मानिएका छन्। 

तर सबैलाई कोरोना संक्रमणकै कारण गन्ध थाहा नपाउने समस्या हुने होइन रहेछ।  

यही कारण अमेरिकाको एरिजोनास्थित फोनिक्स सहर निवासी ३८ वर्षीया यज्मिन सालाजार अहिले चर्चामा छिन्। किनकि उनमा सुँघ्ने शक्ति छैन।

बीबीसीका अनुसार उनलाई उनका पतिले कुनै चिजको वासना वा गन्धबारे बताइदिने गरेका छन्। विज्ञका अनुसार उनको अवस्थालाई ‘एनोस्मिया’ भनिन्छ।  

कक्षा २ मा पुगेपछि उनलाई आफ्नो यो समस्याबारे थाहा भएको थियो।  

विश्वमा यस्तो समस्याबाट कति मानिस पीडित छन्?  

अहिलेसम्म विश्व जनसंख्याको झन्डै ५ प्रतिशत मानिसमा सुँघ्ने क्षमता नरहेको अनुमान छ।  

‘एनोस्मिया’बारे जनचेतना जगाउने बेलायतस्थित संस्था एब्सेन्टकी कार्यकारी निर्देशक सारा ओक्लेका अनुसार जसले सुँघ्ने शक्ति गुमाउँछन्, उनीहरू डिप्रेसनको सिकार हुने खतरा बढी हुन्छ। 

विज्ञका अनुसार मूलतः रुघाखोकी र पिनासजस्ता संक्रमणका कारण सुँघ्ने क्षमतामा ह्रास आई ‘एनोस्मिया’ हुन्छ। अन्य कारणमा टाउकोमा आघात, टाउको र घाँटीको क्यान्सरको रेडिएसन उपचार, औषधिको दुरुपयोग, धूमपान, पार्किन्सन र अल्जाइमर्सजस्ता रोग पनि पर्छन्।  

यो उमेर बढेसँगै विकास हुने अवस्था पनि हो। 

सारा ओक्ले भन्छिन्, ‘सम्भवत: तपाईंको उमेरसँगै सुँघ्ने शक्तिमा ह्रास पनि आउँछ भन्ने कुरा कम थाहा पाइएको विषय हो।’

उनका अनुसार ७५ वर्षमाथिका करिब ३० प्रतिशत मानिस एनोस्मियाग्रस्त हुन्छन् भन्ने अनुमान छ। 

प्रकाशित: ६ कार्तिक २०७७ ११:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App