७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

‘निको भएको ३ वा ५ महिनापछि कोरोना दोहोरिन सक्छ’

भारतस्थित इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसिएमआर) ले एकपटक निको भएपछि पनि लापरबाही गरेमा फेरि कोरोना संक्रमण हुन सक्ने चेतावनी दिएकाे छ। 

समाचार एजेन्सी पीटीआईका अनुसार मंगलबार आईसीएमआरका निर्देशक डाक्टर बलराम भार्गवले त्यस्तो चेतावनी दिएका हुन् । 

उनले भनेका छन्, ‘अहिलेसम्म हामीलाई प्राप्त विवरणअनुसार संक्रमण निको भएको ३ देखि ५ महिनासम्म शरीरमा कोरोनाविरुद्ध लड्ने एन्टिबडी हुन्छ। तर यसपछि बिस्तारै त्यसको संख्या घट्दै जान्छ र फेरि संक्रमण हुन सक्छ।’  

उनका अनुसार यदि निको भएको ९० दिभित्र फेरि मानिस फेरि संक्रमित भयो भने त्यसलाई पुनः संक्रमण भनिन्छ ।  

प्रकाशित: ५ कार्तिक २०७७ ०८:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App