१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

विराटनगरमा कोरोना केयर सेन्टर निर्माण हुँदै

कोरोना भाइरसका संक्रमित दिनानुदिन बढ्दै जाँदा प्रदेशका अस्पताल भरिँदै गएको छ । संक्रमितले स्वास्थ्य उपचार नपाएर घरमै मृत्युवरण हुनु परेको अवस्थामा विराटनगरमा १ सय शैड्ढयाको कोरोना केयर सेन्टर निर्माण हुने भएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले केही दिनअघि मात्रै कोरोना केयर सेन्टरको अवधारणासहित झुम छलफल गरेका थिए । उक्त छलफलमा प्रदेशसभाका सदस्य, विभिन्न दलका नेता, उद्योगी, व्यापारीलगायतको सहभागिता रहेको थियो ।

जुम छलफलमा सहभागी भएका व्यक्तिहरूले मंगलबार विराटनगरमा सेन्टर निर्माण गर्नका लागि समिति बनाएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्र शेखर कोइराला, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सेन्टरको मुख्य सल्लाहकारमा रहने गरी संविधानसभा सदस्य पवन सारडाको अध्यक्षतमा १३ सदस्यीय समिति गठन भएको छ ।  

‘निजी क्षेत्रको सहयोगमा कोरोना परीक्षणका लागि पिसिआर र आरएनए एक्ट्रयाक्सन मेसिन खरिद गरेका छौं,’ विराटनगरका मेयर भीम पराजुलीले भने, ‘केयर सेन्टर महानगरभित्र बनाउन राहत कोष स्थापना गरी काम थालिएको छ ।’  

उक्त समितिमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउत, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, विराट व्यपार संघका अध्यक्ष सुजन थापा, उद्योगीहरु महेश जाजु, सुशील धनावत, नवीन रिजाल, लायन्स क्लबका राजन खत्री, नेपाल बार एशोसिएसनका पुनम गुप्ता, रोटरी क्लबका बिजु थपलिया, सामाजिक अभियन्ता सुची चौधरी र सदस्यसचिवमा पुनमकुमार दाहाल रहेका छन् ।  

केयर सेन्टरको सदस्य रहेका नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राउतले प्रदेश सरकारले स्थापना कोभिड १९ कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि निर्माण गरिएको कोषमा ११ लाख रुपैयाँ र महानगरको पहलमा गठित कोभिड १९ राहत कोषमा ७ लाख रुपैयाँ उपलब्ध गराएका थिए ।  

‘विराटनगरवासीको हितका लागि नागरिक केयर सेन्टरको अवधारणा ल्याइएको र यसबाट आम नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ,’ समितिका अध्यक्ष सारडाले भने, ‘प्रदेश सरकार र महानगरको सहयोगमा काम चाँडै थाल्ने छौं ।’ 

प्रकाशित: ४ कार्तिक २०७७ १४:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App