८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

लक्षण नदेखिने कोरोना संक्रमितको शरीरमा पनि हुन्छ यस्तो क्षति: अनुसन्धान

कोरोना भाइरसको संक्रमण भएका व्यक्तिमध्ये झन्डै ४० प्रतिशत मानिसलाई लक्षण नै नदेखिने विज्ञले बताएका छन्। अर्थात् उनीहरूलाई ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिँदैन।  

तर त्यस्ता बिरामीले आफूलाई केही भएको छैन भन्ने नठान्न विज्ञले चेतावनी दिएका छन्।  

क्यालिफोर्नियास्थित स्क्रिप्स ट्रान्सलेसनल रिसर्च इन्स्टिच्युटका अनुसार लक्षण नदेखिएका संक्रमितको पनि फोक्सोमा क्षति भएको अनुसन्धानबाट पत्ता लागेको हो। लक्षण नदेखिएका संक्रमितको फोक्सो परीक्षण गर्दा फोक्सोमा बादलजस्ता सेता प्याच देखिएको अनुसन्धानकर्ताले बताएका छन्। जसलाई ‘ग्राउन्ड ग्लास ओपासिटी’ भनिन्छ।  

डायमन्ड प्रिन्सेस पानीजहाजमा यात्रा गरेका ७ सय १२ जना कोरोना संक्रमण भएकामा ३ सय ३१ जनामा यसका कुनै लक्षण देखिएको थिएन। तर तीमध्ये ७६ जनाको फोक्सो परीक्षण गर्दा आधाभन्दा बढीको फोक्सोमा त्यस्तो दाग देखिएको हो।  

फ्लोरिडा इन्टरनेसनल युनिभर्सिटीका प्राध्यापक डा। एलिन मार्टीका अनुसार कुनै लक्षण नदेखिएका ६७ प्रतिशत संक्रमितको फोक्सोमा क्षति भएको पाइएको हो। उनीहरूको फोक्सोको सिटी स्क्यान गरेर हेर्दा त्यस्तो पाइएको हो।  

यसर्थ लक्षण देखिएन भन्दैमा कोरोनाबाट संक्रमित भएकाले ढुक्क हुने स्थिति नरहेको अनुसन्धानकर्ताको भनाइ छ।  

प्रकाशित: १ कार्तिक २०७७ ०७:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App