coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

गाउँपालिकालाई प्रदेश सकारको दमकल र प्रहरी भ्यान

खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईलाई दमकल र प्रहरी भ्यानको चाँबी हस्तान्तरण गर्दै मुख्यमन्त्री शेरधन राई । तस्बिर: नागरिक

प्रदेश सरकारले खोटाङको खोटेहाङ गाउँपालिकालाई दमकल र प्रहरी भ्यान प्रदान गरेको छ। अत्यावश्यक सेवा केन्द्र सञ्चालनका लागि प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले गाउँपालिकालाई एक वटा बारुणयन्त्र (दमकल) र एक वटा प्रहरी भ्यान प्रदान गरेको हो।  

बिहीबार बिराटनगरमा आयोजित कार्यक्रममा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईलाई दमकल र प्रहरी भ्यानको चाँवी हस्तान्तरण गरेका छन्। अत्यावश्यक सेवा केन्द्र सञ्चालनका लागि प्रदेश सरकारले केही समयपछि एउटा एम्बूलेन्स पनि प्रदान गर्ने गाउँपालिका अध्यक्ष राईले बताए।  

प्रदेश सरकारले प्रदान गरेको सवारी साधन ईलाका प्रहरी कार्यालय खोटाङबजारमा राख्ने र आवश्यक परेको समयमा प्रयोगमा ल्याउने तयारी गरिएको छ। दमकल र प्रहरी भ्यान लिनका लागि गाउँपालिकाका अध्यक्ष राई, उपाध्यक्ष कविता राई, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराई लगायत बिराटनगर पुगेका थिए।

प्रकाशित: २९ आश्विन २०७७ ११:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App