coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

सिडिएसद्वारा बिभिन्न सरकारी कार्यालयलाई २१ थान हात धुने मेसिन प्रदान

जिल्ला प्रशासनमा यन्त्र हस्तान्तरण गरेपछि हात धुन सिकाउँदै सिडिएस प्रतिनिधि । तस्बिरः महेश्वर

बाल अधिकारको क्षेत्रमा तीनदशकदेखि जिल्लामा क्रियासिल बाल विकास समाज (सिडिएस) उदयपुरले जिल्ला प्रशासन कार्यालयलगायत बिभिन्न स्थानीयतहलाई २१ थान खुट्टाले चलाएर हात धुने यन्त्र (पेडल ह्याण्ड वास स्टेण्ड) प्रदान गरेको छ। सरकारी कर्मचारी र सेवाग्राहीमार्फत बालबालिकालाई कोभिड १९ को संक्रमण हुनसक्ने जोखिमबाट बचाउन संस्थाले यन्त्र प्रदान गरेको जनाएको छ।  

सिडिएसले अन्तर्राष्ट्रिय दातृ निकाय सेभ द चिल्ड्र्ेनसँगको साझेदारीमा जिल्लाका बिभिन्न स्थानीय तहहरुमा बाल अधिकारकेन्द्रित कार्यक्रम ‘जिविकोपार्जन तथा सामाजिक सुरक्षा परियोजना’ सञ्चालन गर्दै आएको छ। परियोजना अन्तरगत कोविड महामारीबाट बालबालिकालाई सुरक्षित राख्न र संक्रमण न्यूनिकरण गर्न सरकारी कार्यालय आउने सेवाग्राही र कर्मचारीलाई बचाउन यन्त्र सहयोग गरेको संस्थाका अध्यक्ष इश्वर मगरले बताए।  

यन्त्रहरु जिल्ला प्रशासन कर्यालय, कटारी नगरपालिका र उदयपुरगढी गाउँपालिकाका बिभिन्न वडाका स्वास्थ्य कार्यालयहरुलाई प्रदान गरिएको संस्थाका कार्यक्रम अधिकृत चेतराज श्रेष्ठले बताए। उनका अनुसार बिहीबार संस्थाका अध्यक्ष इश्वर मगर, कार्यक्रम संयोजक मंगल खुनाहा र सदस्य देवकुमार गिरीसहितको टोली जिल्ला प्रशासन, नगरपालिका र गाउँपालिका पुगेर यन्त्र हस्तान्तरण गरेका हुन्। हस्तान्तरण कार्यक्रममा अध्यक्ष मगरले सबै अभिभावकको मुल दायित्व अहिले बालबालिकालाई कोभिडबाट बँचाउनु नै रहेको भन्दै त्यसमा सबै सचेत हुनुपर्नेमा जोड दिए।

कुनै पनि बस्तु छोईसकेपछि साबुन पानीले कम्तीमा २० सेकेण्ड मिचिमिचि हात धुन र आफ्ना बालबालिकालाई पनि त्यसै गर्न लगाउन अनुरोध गर्दै अध्यक्ष मगरले भविष्यका कर्णधार बालबालिकालाई कोभिड मात्र नभएर हरेकखाले रोग व्याधी र समस्याबाट बचाउन आग्रह गरे। सामग्री बुझ्दै स्थानीयतह जनप्रतिनिधिहरुले सिडिएसको सहयोगप्रति धन्यबाद दिए। उनीहरुले आप्mनो स्थानीयतहका जनताका छोराछोरीलाई संक्रमणबाट बचाउन आफूहरु सचेत रहेको भन्दै उपकरण सहयोगका लागि सिडिएसलाई धन्यबाद दिएका थिए।

प्रकाशित: १५ आश्विन २०७७ १४:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App