८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

जिपीका स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि सेवा बन्द

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको छ। उपचार केन्द्रको प्रयोगशालामा कार्यरत एक महिला स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएपछि आजदेखि सेवा बन्द गरिएको हो।

उपचार केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले अर्को सूचना प्रकाशित नभएसम्मका लागि केन्द्रबाट उपलब्ध हुने प्रशासनिक र आइसोलेसन बाहेकका अन्य सेवा बन्द गरिएको जानकारी दिए। उनका अनुसार ती स्वास्थ्यकर्मीको कन्ट्याक्टमा आएका सबैको स्वाब परीक्षण गर्ने तयारी गरिएको छ।  

'अस्पतालका अधिकांश स्वास्थ्यकर्मी उहाँको सम्पर्कमा आउनुभएको छ, सबैको शुक्रबार स्वाब सङ्कलन गर्दैछौँ,' डा श्रेष्ठले भने, 'पिसिआर रिपोर्ट आएपछि मात्रै सेवा खुल्छ।' 

प्रकाशित: १५ आश्विन २०७७ ०९:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App