८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

सुर्खेतका चार जनामा देखियाे डेंगी

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा डेंगी देखिएको छ। गत वर्षको तुलनामा यस वर्ष धेरै कमअर्थात् चारजनामा डेंगी देखिएको हो।

गत वर्ष सुर्खेतमा एक सय ४५ जनामा डेंगी देखिएको थियो। गत वर्ष धेरैमा डेंगी देखिएपछि विभिन्न चेतनामूलक कार्यक्रम गरिएको थियो। त्यसको प्रभावले अहिले कमजनालाई डेंगी देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ। ‘अहिले थोरै मात्रामा डेंगी देखिएको छ,’ जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चेतननिधि वाग्लेले भने, ‘डेंगी देखिएका चारैजनालाई निको भइसकेको छ।’ 

एडसी एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगीको संक्रमण हुने चिकित्सकहरु बताउँछन्। यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी पाइन्छ। पछिल्लो समय पहाडी क्षेत्रको तापक्रम बढ्दै गएकाले उक्त क्षेत्रमा डेंगीको देखिँदै आएको छ।

यसले स–साना सफा पानी जमेको स्थानमा फूल पार्ने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख वाग्लेले जनाए। ‘खास गरी वर्षाको पानी जम्ने टीनका डब्बा, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, फूलदानी, गमला, पानीका ट्ंयाकी आदीमा यसले फूल पार्छ,’ उनले भने, ‘त्यसैले पानी जम्न दिनु हुँदैन र फोहोर गर्नु हुँदैन।’

प्रकाशित: १५ आश्विन २०७७ ०८:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App