१५ चैत्र २०८० बिहीबार
स्वास्थ्य

पूर्वप्रधामन्त्री खनालले दिए इलाम अस्पताललाई स्वास्थ्य सामग्री

पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रभु शाहलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै । तस्बिर : नागरिक

पूर्वप्रधानमन्त्री  झलनाथ खनालले कोभिड १९ नियन्त्रण र रोकथामका लागि इलाम अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेका छन्। खनालले गृहजिल्लाको अस्पतलाका लागि २५ थान पिपिई र सय थान गगल्स प्रदान गरेका हुन्।  

उनले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रभु शाहलाई यी सामग्री काठमाडौंमै हस्तान्तरण गरे। प्राप्त सामग्री अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि प्रयोग गरिने डा.शाहले बताए। इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित खनालले यसअघि पनि जिल्लालाई ८ सय थान पिपिई र १ हजार ५ सय थान गगल्स प्रदान गरेका थिए। चाइना इन्टरनेसनल कम्युनिकेसन सेन्टरको सहयोगमा खनालले गृहजिल्लाका लागि स्वास्थ्य सामग्री सहयोग गरिरहेका छन्।

प्रकाशित: ९ आश्विन २०७७ ०७:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App