८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

रुसमा बनेको कोरोना खोप भारतमा पनि परीक्षण हुँदै

फाइल तस्बिर

रुसमा बनेको कोरोनाविरुद्धको खोप ‘स्पुतनिक-५’ खोप मानिसमा लगाएर गरिने परीक्षण भारतमा पनि चाँडै हुने भएको छ।  

भारतीय सञ्चामाध्यमका अनुसार भारतको हैदरावादस्थित औषधि निर्माता कम्पनी ‘डाक्टर रेड्डीज ल्याबोरेटरी’को नेतृत्वमा अबको केही हप्तापछि खोपको परीक्षण हुने भएको हो।

परीक्षण खोप लगाउन २ हजार भारतीय सहभागी हुने रेड्डीज ल्याबोरेटरीका अधिकारी दिपक सप्राले जानकारी दिएका छन्। खोप परीक्षण भारतका विभिन्न राज्यमा हुनेछ।  

विश्वकै पहिलो खोप दाबी गरेको रुसको सरकारले गत अगस्ट ११ देखि नै आफ्नो देशमा मानिसमा खोप प्रयोगका लागि अनुमति दिएको थियो।

त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनले यो खोप अत्यन्तै प्रभावकारी भएको दाबी गरेका छन्। तर अन्य मुलुकका वैज्ञानिकले भने पहिलो हुने लोभमा तेस्रो परीक्षण नै नगरी खोप प्रयोगमा ल्याएको भन्दै शंका व्यक्त गरिरहेका छन्।  

रुसले बनाएको स्पुतनिक–खोप अहिले विभिन्न देशमा परीक्षण भइरहेको छ। यही क्रममा भारतमा पनि परीक्षण गर्न लागिएको हो।  

रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड आरडीआईएफले भारतको रेड्डीज कम्पनीलाई यो खोपको १० करोड डोज उपलब्ध गराउने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  

प्रकाशित: ६ आश्विन २०७७ ११:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App