coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

पछिल्लो २४ घण्टामा थपिए ११५४ संक्रमित, निको भए १००५ जना

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १ सय ५४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।  

नियमित पत्रकार सम्मेलनअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउँसो दिएको जानकारीअनुसार यही अवधिमा १ हजार ५ संक्रमित भने निको भएका छन्। 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएका समेत गरेर देशभर कूल संक्रमितको संख्या  ६५ हजार २ सय ७६ पुगेको छ। 

यस्तै निको हुनेको जम्मा संख्या ४७ हजार २ सय ३८ जना पुगेको उनले बताए। 

यसैगरी यो पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको उनले जानकारी दिए। 

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कूल संख्या ४ सय २७ पुगेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित: ५ आश्विन २०७७ १०:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App