१५ चैत्र २०८० बिहीबार
स्वास्थ्य

कपिलवस्तु अस्पतालमा दन्त र स्त्री रोग सेवा शुभारम्भ

प्रदेश नम्बर ५ सरकारले स्तरोन्नती गरी ५० बेडको अस्पताल बनाउने निर्णय गरिए लगत्तै कपिलवस्तु अस्पतालमा दन्त रोग तथा स्त्री रोग सेवा समेत शुभारम्भ गरिएको छ। जनरल र प्रसूति सेवा दिँदै आएको अस्पतालमा सो सेवा थपिएको हो। महिला तथा स्त्री रोगको सेवा अस्पतालमा बिगत ६ महिनादेखि सुरु भएको हो।  

दन्त रोगको सेवा भने आइतबारबाट सुरु गरिएको छ। कपिलवस्तु अस्पताल तौलिहवामा दन्तरोग विभागको कपिलवस्तु नगरपालिका मेयर किरण सिंहले रिबन काटेर उद्घाटन गरे। सो अवसरमा मेयर सिंहले सदरमुकाम तौहिलवमा रहेको सरकारी अस्पतालमा दन्त रोगको सेवा सुरु हुनु अति नै राम्रो भएको बताए। ‘गरिब र बिपन्नलाई अब यो सेवा लिन बाहिर जानु पर्ने बाध्यता टरेको छ, यो अति राम्रो काम हो’ उनले भने।  

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किशोर बन्जाडे अस्पतालमा थपिएको यो सेवाले दातका रोगीहरुलाई सजिलो हुने बताए। ‘निजी क्लिनीकमा गएर मंहगो उपचार लिन पर्थ्यो अब भने सस्तो र भरपर्दो सेवा यही पाईन्छ’ उनले भने। दन्त रोगका डक्टर शिवकुमार चौधरीले आइतबारदेखि नै बिरामीहरुको जाँच सुरु गरेका छन्। दन्त रोगका लागि चाहिने आवश्यक उपकरणहरु समेत प्रदेश सरकारको सहयोगमा ल्याई सकिएको छ।  

अस्पतालमा २ बिशेषज्ञसहित नौ जना डाक्टर छन्। ल्याब एक्सरे र भिडियो एक्सरे सेवा समेत अस्पतालमा रहेको छ। ‘अस्पताल ५० बेडको बन्ने निर्णय भई सकेको छ, अब अस्पतालमा धरै सुबिधाहरु थपिने छन्’ मेसु बन्जाडेले भने।

प्रकाशित: ४ आश्विन २०७७ १३:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App