८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

पर्यटन व्यवसायी खत्रीद्वारा ४८ सय थान भिटिएम र मास्क सहयोग

कांग्रेस जिल्ला सभापति हरिबहादुर घलेलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै पर्यटन व्यवसायी खत्री ।

पर्यटन व्यवसायी प्रेम खत्रीले गोरखाका स्थानीय तहहरुलाई चार हजार आठ सय थान कोरोना परीक्षण किट्स (भिटिएम) सहयोग गरेका छन्। गोरखा सदरमुकाममा बुधबार एक कार्यक्रमका बीच खत्रीले १० हजार थान मास्कसहित भिटिएम सहयोग गरेका हुन्।  

खत्रीले कांग्रेस सभापति हरिबहादुर घलेलाई र उनले जिल्ला समन्वय प्रमुख अशोककुमार गुरुङ मार्फत स्थानीय तहलाई भिटिएम हस्तान्तरण गरेका कांग्रेस जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले बताए। ‘मास्क पार्टीले गाउँगाउँमा सर्वसाधारणलाई बितरण गर्ने हो, भिटिएम स्थानीय तहलाई जिम्मा लगाईसक्यौँ’ उनले भने।  

गोरखा नगरपालिकालाई नौ सय थान, चुमनुब्रीलाई दुई सय, धार्चे तीन सय, आरुघाट पाँच सय, भिमसेन चार सय, शहिदलखन चार सय, गण्डकी पाँच सय, पालुङटार चार सय, सिरानचोक चार सय, बारपाक सुलिकोट चार सय र अजिरकोट गाउँपालिकालाई चार सय थान मास्क सहयोग गरिएको उनले बताए। कोभिड १९ बाट सर्वसाधारण नागरिकलाई बचाउन र सचेतना जगाउन कांग्रेस जिल्ला पार्टीले स्थानी तह, प्रशासन, सहयोगी ब्यक्तिहरुसँगको समन्वयमा काम गरिरहेको सचिव न्यौपानेले बताए।  

‘मास्क २५ हजार दिने योजना हो, बाँकी केही दिनमा आउँछ’ पर्यटन व्यवसायी खत्रीले भने। उक्त सामग्री १३ लाख ९० हजार रुपैयाँ बराबरको रहेको छ। ‘स्थानीय तहहरुको माग अनुसार भिटिएम र मास्क सहयोग गरेको हुँ’ खत्रीले भने ‘अहिले माग भिटिएमको धेरै छ, हामीसँग अभाव छ भन्नुभयो त्यही भएर भिटिएम दिएँ।’

यस्तै खत्रीले यसअघि गोरखाका बिभिन्न स्थानीय तह, गोरखा अस्पताल, जिल्ला प्रशासनसहितलाई ४० वटा थर्मल गन र पाँच हजार थान मास्क ब्यक्तिगत पैसा खर्चेर सहयोग गरेका थिए। लामो समयदेखि पर्यटनको क्षेत्रमा काम गर्दै आएका खत्री नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत हुन्। 

प्रकाशित: ३१ भाद्र २०७७ १२:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App