८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

डा.केसीले अनशनस्थलमै जाँचे बिरामी

जुम्लाको पातारासी गाउँपालिका चौर गाउँकी ठिन्ले आङमु लामा चार घण्टा हिडेर २ वर्षको छोरा ल्याएर डा. केसीको सत्याग्रह स्थलमा आइपुगिन्। जन्मजात नै खुट्टा बाङ्गो देखिएकोले उनी स्वास्थ्य परामर्शको लागि पुगेकी हुन्। 

डा. सापको खोजीमा सदरमुकाम खलंगा झरेकी लामा खोजी गर्दै सत्याग्रह स्थलमा पुगेको बताइन्। उनले भनिन्,‘गाउँगाउँमा बिरामीको उपचार गर्दै डा. साप आएको खबर सुनेकी थिए। त्यही भएर डा. केसी खोज्दै सदरमुकाम खलंगा आइपुगे।’ उनले डा. केसीले पातारासीकै उर्थुचौतामा तीन दिनसम्म शिविर चलाएर विशेषज्ञ सेवा दिएको जानकारी भएको बताइन्।  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गराउँदा दिएको रिपोर्ट लिएर डा. केसीलाई हेराइन््। डा. केसीले समयमै खुट्टाको शल्यक्रिया गरे निको हुने सुझाव दिए। खुट्टाको अप्रेशन गरेको खण्डमा निको भइहाल्छ। बरु ढिला नगर्न र समयमै शल्यक्रिया गर्न परामर्श दिइएको डा. केसीका सहयोगी महेन्द्रबहादुर कार्कीले जानकारी दिए। उनले भने,‘डा. केसीको सुझाव पनि निर्धक्का साथ उनी घर फर्किइन्।  

डा. केसीले सत्याग्रह थालेको दोस्रो दिन बिरामीको उपचार गराए। सत्याग्रह बस्नुको कारणका विषयमा अन्तर्वार्ता रेकर्ड गराएका थिए। सहयोगी कार्कीले भने,‘सत्याग्रहमा भेटघाट गर्न आउने संग भलाकुसारी गर्नुका साथै आफ्नो सत्याग्रहका विषयमा प्रष्ट पार्ने काम गरे।’ डा. केसीलाई भेट्न दोस्रो दिनमा एक सय बढी आए। उनीहरुले सत्याग्रह जनताको पक्षमा रहेको भन्दै साथ दिने प्रतिबद्धता जनाए। डा. केसीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिए।

स्थानीय अमरसिंह बुढा थापा डा. केसीको अवस्था छिट्टै नाजुक हुँदै जाने बताउँछन्। उनले भने,‘अग्लो ठाउँमा सत्याग्रह बस्नु भएको छ। चिसो मौसम भएकोले डा. केसीको स्वास्थ्य छिट्टै कमजोर हुने अवस्था देखिन्छ।’ तत्काल डा. केसीको स्वास्थ्य अवस्थामा चासो दिन सरोकारवालालाई आग्रह गरे। नेपाली कांग्रेस निकट युथ कांग्रेसले डा. केसीको सत्याग्रहमा एक्केबद्धता जनाइसकेको छ।  

डा. केसीको स्वास्थ्य र सुरक्षाका लागि सत्याग्रहमा भेट्न आउनेहरुले माग गरेका छन्। स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटाउन माग गरिएको डा. केसीका समर्थकहरु बताउँछन्।  

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले डा. केसीको सत्याग्रहका विषयमा सरकारको आधिकारीक धारणा आइनसकेको बताए। सरकारको धारणा आइसकेको छैन। डा. केसीका सबै माग केन्द्रीय सरकारसंग सम्बन्धित छन्। यसमा जिल्लाले केही गर्न सक्ने अवस्था छैन।’  

डा. केसीलाई कोभिड संकटमा सत्याग्रह नबस्न आग्रह गरिएको थियो। निषेधाज्ञाको बेला बाहिर ननिस्की दिनु होला भन्यौँ। उहाँले मान्नु भएन। उल्टै स्थानीय प्रशासनले निगरानी गरेको भन्दै अफवहा फैलाइयो। उहाँ स्वास्थ्य क्षेत्रको विज्ञ हो। उहाँलाई हामीले सम्झाउनु सूर्यको प्रकाश हत्केलाले छेके जस्तै हो।’ केन्द्रीय सरकारले आधिकारीक धारणा नपठाउँदासम्म जिल्लाको धारण केही नहुने बताए।

प्रकाशित: ३० भाद्र २०७७ ११:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App