८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

चीनमा बनेका कोरोना खोप अब एक महिनाभित्र सार्वजनिक प्रयोगका लागि तयार हुने दाबी

फाइल तस्बिर

चीनले बनाएको कोरोना खोप नोभेम्बरसम्म सार्वजनिक प्रयोगका लागि तयार हुने त्यहाँको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले दाबी गरेको छ।  

समाचार संस्था रोयटर्सका अनुसार सिडिसी प्रमुख बायोसेफ्टी एक्सपर्ट गुइझेन वुले सोमबार स्थानीय टेलिभिजनसँगको अन्तर्वार्तामा नोभेम्बर वा डिसेम्बरसम्ममा सार्वजनिक प्रयोगका लागि खोप तयार भइसक्ने जानकारी दिएकी हुन्।  

उनले आफूले पनि गत अप्रिलमा खोप लिएको बताउँदै प्रमुख वुले अहिले परीक्षणमा रहेका खोप लगाएकामा कुनै नकारात्मक लक्षण नदेखिएको बताएकी छन्।  

रोयटर्समा प्रकाशित समाचारअनुसार चीनमा अहिले कोरोनाविरुद्ध चारवटा खोप क्लिनिकल परीक्षणको अन्तिम चरणमा छन्। तीमध्ये तीनवटा खोप आपतकालीन प्रयोगअन्तर्गत गत जुलाईदेखि नै स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत महामारीविरुद्ध अग्रपंक्तिमा खटिने कर्मचारीलाई लगाउन थालिएको छ।  

ती खोप चिनियाँ कम्पनीले सिनोफर्म, सिनोभ्याकले बनाएका हुन्। अर्काे खोपचाहिँ क्यानसिनो बायोलोजिक्सले निर्माण गरिरहेको छ।  

प्रकाशित: ३० भाद्र २०७७ १०:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App