coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

विश्वमै सबैभन्दा तीव्र गतिमा कोरोना फैलिने देश भारत : डब्लुएचओ

अहिले विश्वमै सबैभन्दा तीव्र गतिमा कोरोना संक्रमण फैलिन देश भारत बनेको छ।  

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्ममै उच्च संख्यामा संक्रमित थपिएका छन् भने त्यसमा पहिलो नम्बरमा भारत देखिएको हाे।

डब्लुएचओको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा विश्वभर थप ३ लाख ७ हजार ९ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या महामारी फैलिएयताकै बढी दैनिक संक्रमण दर हो।  

अहिले विश्वमा तेज गतिमा भारत, अमेरिका र ब्राजिलमा संक्रमण फैलिरहेको छ र योपटक २४ घण्टामा अमेरिकामा भन्दा बढी संक्रमित थपिएर भारत पहिलो नम्बरमा देखिएको हो।  

डब्लुएचओका अनुसार पछिल्लो २४ घण्टामा विश्वमा सबैभन्दा बढी भारतमा ९४ हजार ३ सय ७२ जनामा संक्रमण पुष्टि भएको हो। यसपछि क्रमशः अमेरिकामा ४५ हजार ५सय २३ र ब्राजिलमा ४३ हजार ७ सय १८ संक्रमित थपिएका छन्।  

यस अवधिमा भारत र अमेरिका दुवै देशमा कोरोनाका कारण हजार–हजारभन्दा माथिकै संख्यामा मृत्युसमेत भएको डब्लुएचओले जनाएको छ। यसपछि विश्वमा सबैभन्दा बढी ब्राजिलमा ८७४ जना संक्रमितको मत्यु भएको छ।  

स्वास्थ्य एजेन्सीका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा विश्वभरमा ५ हजार ५ सय जनाको ज्यान गएको छ। योसँगै कूल मृत्युको संख्या ९ लाख १७ हजार ४ सय १७ नाघेको छ। यस्तै कोरोना संक्रमणमा परेका व्यक्तिको संख्या २ करोड ८० लाखभन्दा माथि पुगेको छ। तीमध्ये लगभग आधा त अमेरिकाका छन्।  

डब्लुएचओको रिपोर्टअनुसार पछिल्लो समय अमेरिकामा भन्दा भारतमा संक्रमण तीव्र बनेको छ। अगस्ट एक महिनामा मात्रै भारतमा २० लाख नयाँ संक्रमित फेला परेका छन्। सम्भवतः यो महामारीयताकै सबैभन्दा उच्च मासिक तथ्यांक हो।  

यस्तै सेप्टेम्बर सुरु भएयता भारतमा कोरोना संक्रमणले हरेक दिन औसतमा हजारभन्दा माथिकै संख्यामा मृत्यु भइरहेको डब्लुएचओले जनाएको छ। बिबिसी हिन्दीबाट

प्रकाशित: २९ भाद्र २०७७ ०८:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App