८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

गाउँपालिकाले सबै नागरिकको कोरोना बिमा गराई दिने

जिल्लाको तामाकोसी गाउँपालिकाले आफ्ना सबै नागरिकहरुको कोरोना बिमा गराउने भएको छ। शनिबार सम्पन्न गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका भित्रका सातवटै वडाका सबै नागरिकको कोरोना बिमा गराउने निर्णय गरेको हो।  

नागरिकको कोरोना बिमा गराउनका निम्ती कार्यपालिका बैठकले त्रिपक्षिय साझेदारी गर्ने भएको छ। बिमा कम्पनीहरुले एक लाख रुपैयाँको कोरोना बिमा गराउन ६ सय रुपैयाँ शुल्क तोकेका छन्। उक्त शुल्कमध्ये ३ सय रुपैयाँ सरकारले लगानी गरिदिने घोषणा यसअघि नै गरिसकेको छ। बाँकी ३ सयमध्ये १ सय गाउँपालिका, १ सय पालिकाभित्रका सहकारी र एक सय स्वयं नागरिकले हाल्नुपर्ने मापदण्ड कार्यपालिकाले तय गरेको छ।  

‘६ सयमध्ये नागरिकको बिमा गराउन ३ सय रुपैयाँ सरकार आफैंले हालिदिदैछ’ गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले भने– ‘बाँकी ३ सय गाउँपालिका भित्रका सहकारी, गाउँपालिका र स्वयं बिमा गराउने नागरिकले एक एक सय हाल्ने गरी गर्न लागेका हौं।’ उनले बिमाका लागि मापदण्ड बनाएर प्रति वडा कम्तीमा दुईदेखि तीनवटा कम्पनीहरुलाई जिम्मेवारी दिइने बताए।  

त्यसरी छनोट गर्दा जिल्लाभित्रै कार्यक्षेत्र भएका बिमा कम्पनीहरुलाई मुख्य प्राथमिकता दिने गाउँपालिकाको तयारी छ। नागरिकको तर्फबाटको एक सय रुपैयाँ रकम, उनीहरुको फोटो र नागरिकताको संकलन पालिका भरका सहकारीहरुले गरेर रकमसहित तयार गरेपछि गाउँपालिकाले सबैको बिमा गरिदिने गरी कार्यविधि बनाइएको अध्यक्ष पोखरेलले बताए।  

पालिकाले सबै नागरिकको बिमा गराउदा करिब २२ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ। ‘२०६८ अनुसार हाम्रो जनसंख्या १८ हजार ८ सय थियो’ उनले भने– ‘१० वर्षमा ४ हजार बढेको अनुमान गरेका छौं, त्यसमा घटिबढी हुन सक्छ, ४ हजार बढेछ भने २२ हजारको लगानी गर्दा गाउँपालिकाबाट २२ लाख लगानी हुनेछ।’

प्रकाशित: २८ भाद्र २०७७ १०:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App