coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कालिकोटमा कोरोना विशेष अस्पताल

कर्णाली प्रदेशको कालिकोट जिल्लामा सुविधा सम्पन्न कोरोना विशेष अस्पताल  सञ्चालनमा आएको छ। भेन्टिलेटर र आईसीयू सेवासहितको कोरोना बिशेष अस्पताल सञ्चालनमा आएको हो। कर्णाली प्रदेश सरकारको झण्डै १ करोड ६० लाख रुपैयाँको लागत तथा विभिन्न दाताहरुको सहयोगमा सुविधा सम्पन्न कोरोना बिशेष अस्पताल  सञ्चालनमा आएको हो।  

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना विशेष अस्पतालको औपचारिक रुपमा उद्घाटन गरेर सञ्चालनमा आएको घोषणा गरेका हुन्। कोरोना महामारीपछि जिल्लामा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सदरमुकाम मान्ममा रहेको एकिकृत भवनमा कोरोना विशेष अस्पताल स्थापना भएको हो।  

अस्पतालमा एक भेन्टिलेटरसहित ५ वटा आईसीयू सेवा सञ्चालनमा आएको छ। आवश्यक उपकरणहरु जडान भएपछि सघन उपचार कक्ष (आईसीयू) सेवा सञ्चालन गरिएको हो। अस्पताल उद्घाटन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाईरसको महामारी रोकथाम तथा नागरिकले पाउनुपर्ने आधारभुत स्वास्थ्य सेवाको ग्यारेन्टी गर्न विशेष अस्पताल स्थापना भएको बताए। अब कर्णलीका कुनै पनि जिल्लामा नागरिकहरुले सामान्य बिरामको उपचार गर्न जिल्ला बाहिर गएर धेरै खर्च गर्नु पर्दैन, मुख्यमन्त्री शाहीले भने, ‘कर्णालीमा सर्वसाधारणले बिरामको उपचार गर्न घर खेत बेच्नु पर्ने अवस्था थियो। अब त्यसो गर्नु पर्दैन्। ’

’हरेक जिल्लामा सुविधा सम्पन्न अस्पताल सञ्चालन गरी नागरिकले जटिल प्रकारको रोग लाग्दा पनि जिल्लामै उपचार सेवा पाउने वातावरण बनाएका छौँ,’ उनले भने,।’ कोरोनाबाट जोगिन र व्यक्तिगत तथा घरायसी सरसफाईमा जोड दिदै सबै नागरिकहरु सचेत भएर काम गर्नुपर्ने भनाइ राखे।

कार्यक्रममा नेकपाका अध्यक्ष धनजित शाही, नेपाली कांग्रेसका नेता दमन शाही, नेमकिपाका नेता नन्दबहादुर शाही, खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डे, जिल्ला अस्पताल विकास समिति अध्यक्ष सरोज बोगटी लगायतका वक्ताहरुले जिल्लामा भेन्टीलेटर, आईसीयू सेवा सहितको कोरोना विशेष अस्पताल सञ्चालनसँगै जिल्लाको स्वास्थ्य सेवामा ठुलो उपलब्धी भएको प्रतिक्रिया दिए। उनीहरुले प्रदेश सरकारकै सहयोगमा सञ्चालन भएको यो अस्पताललाई दक्ष जनशक्ति र अन्य व्यवस्थापनमा पनि थप सुधार गर्न सहयोग गर्न मुख्यमन्त्रीलाई आग्रह गरेका थिए।  

अस्पताल उद्घाटन कार्यक्रममा डा. विज्ञान प्रजापतीले ५४ बेडको यस कोरोना बिषेश अस्पतालमा एउटा भेन्टिलेटरसहितको पाँच बेडको आइसीयू, ३ वटा कृतिम अक्सीजन दिने मेसिन सहितको सेवा सञ्चालनमा ल्याइएको बताए। भेन्टिलेटर सहितको आइसीयू सेवा सञ्चालनमा ल्याइसकेकाले जटिल प्रकारका बिरामीहरुको उपचारमा सहज हुने उनले बताए।  

कोरोना विशेष अस्पतालमा १३ जना कोरोना संक्रमितहरु भर्ना गरिएको छ। प्रदेश  डा. प्रजापतीका अनुसार नेपाली कांग्रेसका नेता राजिवविक्रम शाहाले पनि आवश्यक  उपकरणहरु सहयोग गरेका छन्।  हाल यस अस्पतालमा जनशक्तिको अभाव छ। बिरामी ५० जनासम्म पुग्ने अवस्था भएपछि ५८ जना डाक्टर सहितको जनशक्ति आवश्यक छ। हाल ३० जना जति जिल्ला अस्पताल, स्थानीय पालिकाबाट काजमा लिएका स्वास्थकर्मीहरुको व्यवस्थापन भएको छ।  

प्रकाशित: २८ भाद्र २०७७ ०६:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App