७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

अक्सफोर्डले बनाएको कोरोना भ्याक्सिनको ट्रायल पुन: सुरु गरिने

एस्ट्राजेनेका तथा अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोभिड-१९ को भ्याक्सिनको ट्रायल पुन: सुरु गरिएको छ।

बेलायतमा एक व्यक्तिलाई भ्याक्सिन दिएपछि साइड इफेक्ट देखिएको भन्दै ट्रायल बन्द गरिएको थियो। ट्रायल रोकेपछि भ्याक्सिनको साइड इफेक्ट हो वा होइन भन्नेबारे अध्ययन गरिएको एस्ट्राजेनेकाले जनाएको छ।

शनिबार विश्वविद्यालयले ट्रायल जारी राख्नु सुरक्षित भएको बताएको छ। स्वास्थ्य सचिव म्यान हेनकाटले ट्रायल पुन: सुरु भएकोमा स्वागत गरेका छन्। ‘हाम्रा वैज्ञानिक छिट्टै प्रभावकारी भ्याकस्सिन ल्याउन सफल हुने छन्’, उनले भनेका छन्।

 

 

प्रकाशित: २८ भाद्र २०७७ ०६:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App