coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

अक्सफोर्डले बनाएको कोरोना खोप लगाएका एक व्यक्ति बिरामी भए, रोकियो परीक्षण

अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोना खोपको तेस्रो अर्थात् अन्तिम परीक्षणका क्रममा यो लगाउने एक जना बिरामी भएपछि परीक्षण रोकिएको छ।  

परीक्षण खोप लगाएकामध्ये युकेमा एक जनामा अज्ञात समस्या देखिएपछि तत्काललाई परीक्षण स्थगन गरिएको खोप उत्पादक कम्पनी एस्ट्राजेनेकाले जनाएको छ।  

अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोप नै सबैभन्दा पहिले बजारमा आइसक्ने अपेक्षा गरिएको छ। जुन खोपको तेस्रो चरणको परीक्षणअन्तर्गत अमेरिका, युके, ब्रजिल र दक्षिण अफ्रिकामा गरेर झन्डै ३० हजार मानिस सहभागी छन्।  

तर यस क्रममा युकेमा खोप लगाएका एक जना बिरामी परेपछि सबै ठाउँका परीक्षण स्थगन गरिएको हो। अब यसको एउटा स्वतन्त्र अनुसन्धान गरी वास्तविकता पत्ता लागेपछि मात्रै पुनः परीक्षण थालिने बिबिसीले जनाएको छ।  

अक्सफोर्ड विश्वविद्यालयका प्रवक्ताले भनेका छन्, ‘ठूलो मात्राको परीक्षण गर्दा कहिलेकाहीं कोही बिरामी पर्न सक्छ, तर त्यसको स्वतन्त्र अनुसन्धान गर्नुपर्छ।’

बिबिसीका अनुसार अक्सफोर्डले बनाएको खोपको परीक्षण रोकिएको स्थगन भएको यो दोस्रोपटक हो भने ठूला र महत्त्वपूर्ण खोप परीक्षणमा यस्तो हुनु सामान्य हो।  

परीक्षण खोप लिएका कोही कुनै कारण बिरामी परेर अस्पताल भर्ना हुँदा र त्यो कारण थाहा नहुँदासम्म खोप परीक्षण रोक्ने गरिएको छ। ती व्यक्ति बिरामी परेको कारण पत्ता लागेपछि पुनः केही दिनमा परीक्षण सुरु हुने जनाइएको छ।  

प्रकाशित: २४ भाद्र २०७७ ०९:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App