८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

गण्डकी प्रदेश सांसद रेग्मीलाई कोरोना संक्रमण

कोरोना संक्रमण पुष्टि भएका विधायन समिति सभापति मोहनप्रसाद रेग्मी ।

गण्डकी प्रदेश संसदको विधायन समिति सभापति मोहनप्रसाद रेग्मीलाई कोरोना संक्रमण भएको छ। कन्ट्याक्ट ट्रेसिङमा परेका उनलाई बुधबार कोरोना संक्रमण भएको पुष्टि भएको हो।

स्याङ्जा घर भएका उनी पोखरा बस्दै आएका थिए। आफूसँग सम्पर्क रहेका व्यक्तिलाई कोरोना देखिएपछि उनले ४ दिनअघि स्वाब दिएका थिए। स्वाबको रिपोर्ट बुधबार आएको र त्यसमा पोजिटिभ देखिएको सभापति रेग्मीले जानकारी दिए।

रेग्मीले पोखराको एक प्रहरी गणमा १८ जनालाई संक्रमण देखिएका प्रहरीसँग करीब १० दिनअघि सँगै खाना खाएका थिए। स्याङ्जा प्रहरीका अधिकांशमा कोरोना देखिएपछि उनीहरुको सट्टामा खटिन पोखराबाट गएका प्रहरीमासमेत संक्रमण देखिएपछि उनले पनि कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब दिएका थिए।

रेग्मीलाई कोरोना संक्रमण पुष्टि भएपनि लक्षण भने देखिएको छैन। उनी होम आइसोलेसनमा बस्दै आएका छन्। उनी पोखरामा भाडामा बस्दै आएका छन्। मलाई संक्रमण भएपनि अहिलेसम्म लक्षण देखिएको छैन, उनले भने,‘त्यसैले होम आइसोलेसनमै बसेको छु।’ उनले आफूलाई केहि नहुने विश्वास व्यक्त गर्दै भने,‘मलाई केहि भएको छैन, म चाँडै सञ्चो हुन्छु।’

यसैबीच, स्वाब दिइसकेपछि पनि रेग्मीले प्रदेशका विशिष्ट व्यक्तिहरुसँग भेटघाट गरेको खुलेको छ। उनले प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनसहित सांसद तथा प्रदेशका विभिन्न मन्त्रालयका कर्मचारीसँग भेटघाट गरेको बताइएको छ।

प्रकाशित: १८ भाद्र २०७७ ११:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App