coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कोरोनाबाट नेपालमा ४९ हजार जनाको ज्यान जान्छ भन्ने अनुमान गलत : डा. पाण्डे

डा. रवीन्द्र पाण्डे

कोरोना संक्रमणका कारण नेपालमा ४९ हजारभन्दा बढी मानिसको मृत्यु हुन्छ भनेर अक्सफोर्ड म्यानेजमेन्ट पोलिसीले गरेको अनुमान शतप्रतिशत गलत भएको जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले बताएका छन् ।

शनिबार फेसबुकमार्फत डा. पाण्डेले यो वर्ष अर्थात् डिसेम्बरसम्म ८१ प्रतिशत नेपाली संक्रमित हुने र तीमध्ये ४९ हजार २ सय जनाको मृत्यु हुने अनुमान गरेर जनमानसमा भ्रम फैलाइएको भन्दै खण्डन गरेका हुन् ।  

‘एउटा अध्येताको नाताले म दाबी गर्छु कि त्यो अनुमान १०० प्रतिशत गलत हो, उक्त अध्ययनमा प्रकाशित संक्रमित एवं मृतकको संख्या कुनै पनि मिलेको छैन र मिल्दैन,’ उनले लेखेका छन्, ‘महामारीको समय, यी र यस्ता अनेकौं हल्ला र भ्रम आइरहेका छन्, कुनै पनि हल्ला र भ्रमको विश्वास नगर्न हुन म विनम्र अनुरोध गर्दछु।’

तर उनले के कति कारण ती तथ्यांक गलत हुन् भन्ने तथ्य र आधार प्रस्तुत गरेका छैनन् । 

अक्सफोर्ड म्यानेजमेन्ट पोलिसीकाे अध्ययन प्रतिवेदन हेर्न यहाँ क्लिक गर्नुहाेला। 

प्रकाशित: १३ भाद्र २०७७ ०६:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App