coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

जापानका वैज्ञानिक भन्छन् : ओजोन ग्यासले कोरोना नष्ट गर्ने रहेछ

प्रतिकात्मक तस्बिर

जापानका अनुसन्धानकर्ताले ओजोन ग्यास कोरोना भाइरस नष्ट गर्न प्रभावकारी देखिएको दाबी गरेका छन् ।  

समाचार एजेन्सी राेयटर्सका अनुसार बुधबार ती अनुसन्धानकर्ताले कम घनत्वको ओजोन ग्यास कोरोना निष्क्रिय पार्न प्रभावकारी पाइएको दाबी गरेका हुन् । यसको प्रयोगबाट अस्पताललाईइ पनि भाइरसरहित बनाउन सकिने उनीहरूको भनाइ छ । 

फुजिता हेल्थ युनिभर्सिटीका वैज्ञानिकले बुधबार एक पत्रकार सम्मेलनमा कम घनत्व (प्रतिमिलियन ०.०५ देखि ०.१ ) ओजोन ग्यासबाट कोरोना भाइरस नष्ट हुने तथ्य प्रमाणित भएको बताएका हुन् । यति मात्राको ओजोन ग्यासले मानिसलाई हानि नगर्ने र भाइरस पनि नष्ट हुने पाइएको उनीहरूको दाबी छ ।

अनुसन्धानका क्रममा कोरोना भाइरसको नमुनासहित एक बन्द कोठामा ओजोन जेनेरेटर प्रयोग गरिएको थियो । कम मात्राको ओजोनमा १० घण्टासम्म राख्दा कोरोना भाइरसको शक्ति ९० प्रतिशत घटेको पाइएको वैज्ञानिकले बताएका छन् ।

जोर्जिया इन्स्टिच्युट अफ टेक्नोलजीले हालै गरेको अध्ययनले ओजोनले गाउन, कालो चस्मा र अन्य स्वास्थ्य सुरक्षा उपकरणलाई कीटाणुरहित पार्न प्रभावकारी हुने पाइएको छ । 

मध्य जापानको आईची प्रान्तको फुजिता मेडिकल युनिभर्सिटी अस्पतालले प्रतीक्षालय र बिरामी राख्ने कक्षमा संक्रमण घटाउन ओजोन जेनरेटर स्थापना गरेको छ ।

प्रकाशित: ११ भाद्र २०७७ १०:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App