७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

निको भएका एक व्यक्तिमा साढे ४ महिनापछि पुनः कोरोना देखिएपछि वैज्ञानिकलाई यस्तो चिन्ता

हङकङमा निको भइसकेका एक व्यक्तिमा साढे ४ महिनापछि फेरि कोरोना भाइरस देखियो । यसलाई त्यहाँका वैज्ञानिकले विश्वको पहिलो घटना भनेका छन् ।  

 

यो पनि पढ्नुहोस्

निको भएको साढे ४ महिनापछि फेरि कोरोना !

 

योसँगै हङकङ विश्वविद्यालयले विभिन्न आशंका गरेको छ, जुन यसप्रकार छन्- 

–हुन सक्छ, हर्ड इम्युनिटीले कोरोनालाई पूरै खत्तम पार्न सक्दैन । तर दोस्रोपटक हुने संक्रमण पहिलेभन्दा हल्का बनाउन सक्छ ।  

–हुन सक्छ, कोरोना मानवमा घुमिरहन्छ ।  

–कतिपय अवस्थामा एन्टिबडीको निश्चित सीमाका कारण संक्रमण दोहोरिन सक्छ ।  

–हुन सक्छ, खोप बने पनि त्यसले मानिसलाई जीवनभर कोरोनाबाट बचाउन सक्दैन ।  

हङकङ विश्वविद्यालयले के सुझाव दिएको छ भने अहिले जारी खोपसम्बन्धी अनुसन्धानमा कोरोनाबाट निको भएका व्यक्तिलाई पनि सहभागी गराउन जरुरी छ ।  

प्रतिवेदन लेख्ने टोलीमा सहभागी एक डाक्टर काइवाङले रोयटर्ससँग भनेका छन्, ‘यसको अर्थ खोपको कुनै काम छैन भन्ने होइन ।’

उनका अनुसार खोपबाट जुन रोगप्रतिरोधात्मक शक्ति प्राप्त हुन्छ, त्यो प्राकृतिक रूपमा बन्नेभन्दा फरक हुन सक्छ । उनले भने, ‘खोप कति प्रभावकारी हुन्छ, त्यो थाहा पाउन हामीले सबै खोपको परीक्षणको नतिजा कुर्नुपर्ने हुन्छ । स्राेत : बिबिसी

प्रकाशित: १० भाद्र २०७७ १०:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App