coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

निको भएको साढे ४ महिनापछि फेरि कोरोना !

हङकङमा निको भइसकेका एक व्यक्तिलाई साढे चार महिनापछि फेरि कोरोना संक्रमण देखिएको छ ।  

हङकङका वैज्ञानिकका अनुसार ३० वर्षभन्दा बढी उमेरका ती व्यक्तिलाई कोरोना संक्रमण दोहोरिएको पाइएको हो । यो विश्वको पहिलो घटना भएको वैज्ञानिकले बताएका छन् ।  

लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल साइन्सका प्राध्यापक ब्रेन्डन रेनले यो एकदमै दुर्लभ घटना भएको बताए । उनले भने, ‘यसैकारण कोरोना भाइरसविरुद्ध खोप निर्माण अति आवश्यक छ ।’

तर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले एक जना बिरामीकै आधारमा यसै हुन्छ भनेर निष्कर्ष निकाल्न नमिल्ने जनाएको छ।

यस्तै विशेषज्ञले पनि संक्रमण दोहोरिनु दुर्लभ घटना भए पनि यसलाई अत्यन्त गम्भीर ठान्न नपर्ने बताएका छन्।

वैज्ञानिकका अनुसार सामान्यतया कोरोनाबाट संक्रमित भई निको भएका व्यक्तिको शरीरमा प्रतिरक्षा प्रणाली विकास हुने भएकाले उसलाई  फेरि भाइरसले संक्रमण गर्न सक्दैन ।  

अझ कोरोनाका कारण गम्भीर बिरामी भएर निको भएका व्यक्तिमा प्रतिरक्षा प्रणाली झन् बलियो पाइएको वैज्ञानिकको भनाइ छ ।  

तर त्यस्तो प्रतिरक्षा प्रणाली शरीरमा कति लामो समयसम्म रहन्छ भन्ने कुरा अझै स्पष्ट भइनसकेको उनीहरूको भनाइ छ । स्राेत : बिबिसी

प्रकाशित: ९ भाद्र २०७७ ०८:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App