८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

अन्ततः रुसले कोरोना खोपको उत्पादन सुरु गर्‍याे, यही महिनाकाे अन्तिमबाट लगाउन थालिने

प्रतिकात्मक तस्बिर

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सहित कतिपय देशका वैज्ञानिकले शंका व्यक्त गरे पनि अन्ततः रुसले कोरोना खोपको उत्पादन सुरु गरेको छ ।  

रुसको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरी खोप उत्पादन सुरु गरिएको जानकारी दिएको हो । उक्त खोप यही महिना (अगस्ट) को अन्तिमसम्ममा मानिसलाई लगाउन सुरु गरिने जनाइएको छ ।  

तर कतिपय विज्ञले रुसले चाँडै खोप बनाउने धुनमा अपनाउनुपर्ने सुरक्षाका मापदण्ड र परीक्षण प्रक्रिया पूरा नभएको भन्दै चिन्ता व्यक्त गरिरहेका छन् ।  

रुसमै पनि स्वतन्त्र रूपमा गरिएको जनमत सर्वेक्षणले करिब आधा जति चिकित्सक यो खोप लगाउन तयार नरहेको देखाएको छ ।  

यसअघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना देशका वैज्ञानिकले बनाएको कोरोना खोप सबै सुरक्षा मानकमा खरो उत्रिएको र यसलाई देशको स्वास्थ्य मन्त्रालयले स्वीकृति दिएको जानकारी दिएका थिए । 

आफ्नो छोरीलाई समेत उक्त खोप दिँदा प्रभावकारी परिणाम आएकाले अब यो खोप चाँडै उत्पादन सुरु गर्ने बताएका थिए ।  

 

यो पनि पढ्नुहोस्

विश्वमा सबभन्दा पहिले कोरोनाविरुद्ध सफल खोप हामीले बनायौं : रुस

 

विश्वकै सबैभन्दा पहिलो भूउपग्रह स्पुत्निक फाइभको सम्मानमा खोपको नाम स्पुत्निक राखिएको छ । रुसी भाषामा स्पुत्निकको अर्थ भूउपग्रह हो । त्यो उपग्रह रुसले नै बनाएको थियो ।

आफूले बनाएको खोपप्रति कतिपय देशका वैज्ञानिकले व्यक्त गरेका आशंकालाई रुसले ‘पूरै आधारहीन’ भनेर खण्डन गरिसकेको छ । बिबिसीबाट

यो पनि पढ्नुहोस्

रुसले बनाएको भनिएको कोरोना भ्याक्सिनबारे किन प्रश्न उठ्यो?

प्रकाशित: ३१ श्रावण २०७७ १०:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App