६ आश्विन २०७७ मंगलबार
स्वास्थ्य

चिकित्सक स्वास्थ्यकर्मीसहित थप ४९ मा कोरोना संक्रमण पुष्टि

वीरगन्जको नारायणी अस्पतालको पिसिआर परीक्षण प्रयोगशालाबाट बिहीबार राति आएको रिपोर्टमा चिकित्सक तथा स्वास्थकर्मीसहित थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १२ महिलासहित दुईदेखि ६९ वर्ष उमेर समूहका ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बताए।  

४९ जना संक्रमितमध्ये १९ जना बाराको जितपुरसिमरा उपमहानगरपालिका र एक जना बाराकै विश्रामपुर गाउँपालिकाका रहेका छन्। त्यस्तै वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका एक जना कर्मचारी पनि संक्रमित भेटिएका छन्। भने बाँकी सबै पर्साका हुन। जसमा १२ जना नारायणी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी रहेका छन्। यसमा नारायणी अस्पतालको एनआईसीयू विभागमा कार्यरत एक चिकित्सक रहेका छन्।  

त्यस्तै फिजियोथेरापी विभागका एक एकजना कर्मचारी, पोषण शाखाका प्राबिधिक र फार्मेसीका कर्मचारी रहेका छन्। अस्पतालका ३ सफाईकर्मी, ३ जना सुरक्षा गार्ड र एक जना कार्यालय सहयोगीमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। सशुल्क परीक्षण गर्न आएका ६ जनामा पनि कोरोना पुष्टि भएको हो।  

संक्रमितमध्ये चार जनामा ज्वरो तथा खोकीका लक्षण देखिएको बताइएको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिकाका १९ जना संक्रमितमध्ये वडा नम्बर ३, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४ र २५ का बासिन्दा रहेको जनाइएको छ।

प्रकाशित: ३० श्रावण २०७७ १६:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App