८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

‘विश्वका ४३ प्रतिशत विद्यालयमा हात धुने सुविधा छैन’

कोरोना भाइरसको महामारीका कारण विश्वभर शिक्षण संस्था सञ्चालन गर्न समस्या भइरहेका बेला संयुक्त राष्ट्र संघीय निकाय युनीसेफ र डब्लुएचओले गरेको एकअध्ययनले विश्वका ४३ प्रतिशत विद्यालयमा साबुन पानीले हात धुने व्यवस्था नभएको  देखाएको छ। उक्त अध्ययनको रिपोर्टले विश्वका ८१ करोड ८० लाख बालबालिका आफ्नो विद्यालयमा सामान्य हात धुने सुविधाबाट बञ्चित रहेको देखाएको छ।  

यसले उनीहरूलाई कोभिड–१९ र अन्य सरुवा रोग संक्रमणको जोखिम देखिएको छ। अति कम विकसित राष्ट्रमा १० मध्ये ७ विद्यालयमा सामान्य हात धुने सुविधा छैन, भने ५० प्रतिशत विद्यालयमा सामान्य सरसफाई र पानीको सुविधा नभएको अध्ययनले देखाएको छ।  

‘कोरोना भाइरस महामारीका कारण विद्यालय बन्द रहँदा बालबालिकाको शिक्षा तथा स्वास्थ्यमा नकारात्मक प्रभाव परेको छ।’ युनिसेफका कार्यकारी निर्देशक हेनरीटा फोरले भनीन्। ‘हामीले बालबालिकाको सिक्ने अवसरलाई प्राथामिक्ता दिनुपर्छ। यसका लागि विद्यालय सञ्चालन सुरक्षित हिसाबले खोल्नुपर्छ र उनीहरूलाई खानेपानी, हातधुने सुविधा र सरसफाईका उपाय सुनिश्चित हुनुपर्छ।’

बिहीबार सार्वजनिक गरिएको उक्त अध्ययन प्रतिवेदनले सम्बन्धि सरकारले कोभिड–१९को नियन्त्रणसँगै लकडाउनले जनस्वास्थ तथा सामाजिक एवं आर्थिक जीवनमा पार्ने प्रभावकालाई ध्यानमा राख्न आवश्यक रहेको जोड दिएको छ। लामो समयसम्म विद्यालय बन्द हुँदा बालबालिकाको सिकाईमा नकारात्मक प्रभाव पर्ने प्रतिवेदनमा  उल्लेख छ।  

डब्लुएचओका महानिर्देशक अधानोम घेब्रेइससले भनेका छन, ‘खानेपानीको सुनिश्चता, सरसफाई र स्वच्छता सेवाहरू सुनिश्चत हुनुर्ने र सरकारले विद्यालय सञ्चालन गर्दा यस्ता कुरालाई ध्यान दिनुपर्छ।’ प्रतिवेदनले युनेस्को, युनिसेफ, डब्लुएफपी र विश्व बैंकले संयुक्त रूपमा तयार गरिएको हो। अध्ययनले व्यक्तिगत सुरक्षा सामग्रीको प्रयोग, सरसफाई तथा निर्मलीकरण, सफा पानीको उपलब्धता, हात धुने ठाउँको निर्माण, सुरक्षित शौचालयलगायतका सुविधा हुनुपर्ने उल्लेख गरेको छ।

प्रकाशित: ३० श्रावण २०७७ ०४:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App