७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

भारतका पूर्वराष्ट्रपति मुखर्जी कोमामा

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोमामा गएका छन् । आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलमा उपचाररत मुखर्जीलाई कोमामा राखिएको अस्पतालले जनाएको छ। कोममा रहेपनि उनको अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ। मुखर्जीलाई सोमबार अस्पताल भर्ना गरिएको थियो। 

ब्रेन सर्जरी गर्ने क्रममा उनको कोरोना परीक्षण गरिएको थियो। त्यसको रिपोर्ट पोजेटिभ आएको थियो। सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति भएका मुखर्जीको मृत्यु भएको अफवाह फैलाइएको भन्दै त्यसमा विश्वास नगर्न उनको परिवारले भनेको छ। मुखर्जीकी छोरी शर्मिष्ठा मुखर्जीले ट्वीट वुवाको मृत्यु भएको हल्ला फैलाएको बताएकी छन्।  

 

 

प्रकाशित: २९ श्रावण २०७७ ०७:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App