१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

रुसले दर्ता गरायो कोरोना खोप

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो मुलुकले मंगलबार कोरोना खोप दर्ता गरेको दाबी गरेका छन् । उनले संक्रामक रोगका लागि बनेको यो खोप संसारकै पहिलो भएको बताएको अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ ।  

रुसको सरकारी टिभीलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले भने, ‘कोरोना भाइरसविरुद्धको खोप आज (मंगलबार) बिहान दर्ता भएको छ ।’ उनले खोपले राम्रोसँग काम गर्ने र स्थिर प्रतिरक्षा प्रणाली बनाउने दाबीसमेत गरे ।  

मस्कोमा रहेको गेमालेया इन्स्टिच्युटले बनाएको सो भाइरसको नाम ‘स्पुतनिक भी’ राखिएको छ । रुसले सन् १९५७ मा प्रक्षेपण गरेको संसारको पहिलो उपग्रहको नाममा खोपको नामकरण गरिएको हो । राष्ट्रपति पुटिनले आफ्नी छोरीले सो खोप लगाएको पनि बताएका छन् । उनले खोप लगाएपछि छोरीलाई ज्वरो बढेको तर पछि ठीक भएको पनि बताए । रुसको यो घोषणापछि यो खोपको प्रभावकारिता र सुरक्षा कस्तो हुनेछ भन्नेबारे विश्वमा चासो बढेको छ । रुसले खोप परीक्षणबारे कुनै वैज्ञानिक तथ्य सार्वजनिक गरेको छैन । 

प्रकाशित: २८ श्रावण २०७७ ०१:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App