८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

रुसको दाबी : हामीले बनाएकाे कोरोना खोप सफल भयाे

फाइल तस्बिर : रुसका राष्ट्रपति भ्लादिमिर पुटिन

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका वैज्ञानिकले बनाएको कोरोना भाइरसविरुद्धको खोप सबै परीक्षण प्रक्रिया पूरा गरी विश्वको पहिलो सफल खोप बनेको दाबी गरेका छन् ।  

उनले मंगलबार आफ्नो सरकारका मन्त्रीहरूलाई सम्बोधन गर्दै भने, ‘आज बिहान कोरोना भाइरसविरुद्ध पहिलो खोप दर्ता भएको छ ।’  

उनले यो खोप मानिसमा २ महिनासम्म परीक्षण गरिएको र सबै सुरक्षाका मानकमा खरो उत्रिएको दाबी गरेका छन् । उनका अनुसार यो खोपलाई रुसको स्वास्थ्य मन्त्रालयले अनुमति दिइसकेको छ । अब यो खोप ठूलो संख्यामा मानिसलाई लगाउन सुरु गरिने बताइएको छ ।  

तर वैज्ञानिक जगत भने रुसले यति चाँडै खोप बनाएको भन्ने कुरा सशंकित र चिन्तित भएका छन् ।  

रुसका राष्ट्रपति पुटिनले सरकारी टेलिभिजनमार्फत माकोस्थित गेमालेया इन्स्टिच्युटमा विकास गरिएको यो खोप पूरै रूपमा सुरक्षित रहेको र आफ्नी छोरीमा समेत यो खोप दिएको घोषणा गरेका छन् ।  

उनले भने, ‘मलाई थाहा छ– यो खोप निकै प्रभावकारी छ, यसले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । म दोहोर्‍याउन चाहन्छु– यो खोप सुरक्षाका सबै मानकमा खरो उत्तीर्ण भएको छ ।’ बिबिसी

प्रकाशित: २७ श्रावण २०७७ १२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App