१५ चैत्र २०८० बिहीबार
स्वास्थ्य

कपिलवस्तुमा बैंकर्स र ब्यापारीमा बढी कोरोना संक्रमण

कपिलवस्तुमा समुदायस्तरबाट भएको कोरोना संक्रमित मध्ये बैंकर्स र ब्यापारी बढी भएको पाइएको छ । साउन दोश्रो साताबाट जिल्लामा समुदायस्तरमा कोरोना संक्रमित भएका हुन् । त्यसमध्ये सबै भन्दा बढी २२ जना बैंकिङ संस्थाका र त्यसपछि ब्यापारी २१ जा संक्रमित भएको पाइएको हो । स्वास्थ्य कार्यालय अनुसार स्वास्थ्यकर्मी १० जना, सुरक्षाकर्मी १०, शिक्षक र सिभिल ईन्जिनियर नौ नौ जना संक्रमित छन् । यस्तै विद्यार्थी ८ जना, औषधि पसले ५ जना, पत्रकार, कृषक र गृहणी चर चार जना, गैर सरकारी संस्थाका ३ तथा अन्य १२ जना संक्रमित भएका छन् ।  

कपिलवस्तुमा १४ प्रतिशत संक्रमित स्थानीयस्तरबाट

कपिलवस्तुमा १४ प्रतिशत कोरोना संक्रमित स्थानीय समुदायस्तरबाट भएका छन् । स्वास्थ्य कार्यालयले जारी गरेको प्रतिबेदन अनुसार कुल संक्रमित मध्ये १४ प्रतिशत समुदायस्तरबाट आएका हुन । यस्तै ८४ प्रतिशत भारतबाट र २ प्रतिशत अन्य देशबाट आएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।

कपिलवस्तुमा ८ सय ८० संक्रमित

कपिलवस्तुमा सोमबार साँझसम्म ८ सय ८० जना संक्रमित भेटिएका छन् । जसमध्ये ७ सय ६१ जना निको भई घर फर्किसकेका छन् । सबै भन्दा बढी कपिलवस्तु नगरपालिकामा अहिले ५३ जना सकृय संक्रमित रहेका छन् । यस्तै शिवराज नगरपालिकामा ४० जना, कृष्णनगर नगरपालिकामा २२ बुद्ध्भमी, बाणगंगा नगरपालिका र मायादेबी गाउँपालिकामा एक एक जना संक्रमित छन् । यहाँको चार वटा पालिकामा अहिले सकृय संक्रमित भने छैनन् ।

प्रकाशित: २७ श्रावण २०७७ १२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App