१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

नेपालमा कोरोना अपडेट : थप ४ को मृत्यु, ६३८ संक्रमित

कोरोना भाइरसबाट नेपालमा थप चार जनाकाे मृत्यु भएकाे छ भने ६३८ व्यक्ति संक्रमित भएका छन्।  

मंगलबार नियमित कोभिड-१९ प्रेस ब्रिफिङमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले याे जानकारी दिएकाे हाे। 

मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार  पछिल्लो २४ घण्टामा थपिएका संक्रमितसँगै काेराेनाबाट संक्रमण हुने मानिसकाे संख्या २३ हजार ९४८ पुगेकाे छ । यस्तै मृत्यु हुनेको संख्या ८३ पुगेको उनले जानकारी दिए। 

उनका अनुसार पछिल्लो २४ घण्टामा १ सय ७१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। याेसँगै निकाे हुनेको संख्या १६ हजार ६ सय ६४ पुगेकाे छ।

प्रकाशित: २७ श्रावण २०७७ १०:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App