७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

प्रदेश १ मा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि

परीक्षण दायरा जति बढ्दै गयो, कोरोना संक्रमितको संख्या पनि उतिकै धेरै थपिन थालेको छ । यहीक्रममा प्रदेश १ मा गएको २४ घण्टामा अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । जसमा सबैभन्दा धेरै मोरङका छन् ।

प्रदेशस्थित सामाजिक विकास मन्त्रालयका अनुसार मंगलबार प्रदेशमा ९८ जना कोरोना संक्रमित थपिएका छन् । केहीदिन यता प्रदेशमा दैनिक १ हजार ५ सय हाराहारीमा कोरोना परीक्षण हुँदै आएको छ ।

प्रदेशमा एकैदिन सय हाराहारीमा संक्रमित फेला परेको यो पहिलो पटक हो । मोरङमा ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २ तथा इलाम र ताप्लेजुङमा १–१ जनामा संक्रमण देखिएको छ ।

पछिल्लोपटक पोजिटिभ देखिएका अधिकाश संक्रमित घरमै बस्न बाध्य भएका छन् । अस्पताल र आइसोलेसन बेड भरिभराउ भएपछि उनीहरु घरमै बसेका हुन् । संक्रमण पुष्टि भएका प्रदेशका डेढ सय जना घरैमा छन् ।

सातायता कोरोनाको केन्द्र बनेको राजधानी विराटनगरमा मात्र मंगलबार ५० जनामा संक्रमण देखिएको छ । विराटनगरका २१ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मोरङको बुढीगंगामा १० पुरुष, बेलबारीमा १ पुरुष, सुनसरीको दुहवीमा २ र महिला ५ पुरुष, धरानमा २ महिला र २ पुरुष, देवानगञ्जमा ३ पुरुष, हरिनगर र इनरुवामा १–१ पुरुष, सुनसरीको स्थानीय तह नखुलेका १ महिला र १ पुरुष, उदयपुरको वेलकामा ४ पुरुष ३ महिला, त्रियुगामा ३ महिला ५ पुरुष, झापाको मेचीनगरमा १ महिला र १ पुरुष, इलामको सुर्योदयमा १ र ताप्लेजुङको फुङलिङमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५३ पुगेको छ । मंगलबार १ हजार ६ सय ८२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रकाशित: २७ श्रावण २०७७ १०:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App