८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

प्रसूति अस्पतालमा पीसीआर परीक्षण सुरु

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा कोभिड १९को परीक्षण सुरु भएको छ । काठमाडौं महानगरपालिकाले पीसीआर मेसिन उपलब्ध गराएपछि अस्तपालमा कोभिड १९ परीक्षण सुरु भएको हो । अस्पतालको ६१ औं वार्षिकोत्सवको अवसरमा मंगलबार पीसीआर प्रयोगशालको औपचारिक उद्घाटन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पीसीआर प्रयोगशालाको उद्घाटन गरे ।  

महानगरपालिकाले पीसीआर मेसिन उपलब्ध गराएपछि अस्पतालले पीसीआर ल्याब निर्माण गरेको हो । महानगरले पीसीआर मेसिनसहित भिटिएम १ हजार ५ सय थान, आरडीटी १ हजार ५ सय थान र पीपीई ५ सय थान उपलब्ध गराएको छ । अस्पतालकी निर्देशक संगीता कौशल मिश्राले महानगरपालिकाले पीसीआर मेसिन सहयोग गरेपछि परीक्षण सुरु गरिएको बताइन् । उनले संक्रमणको महामारीको अवस्थामा अस्पताल भित्रै पीसीआर परीक्षण प्रयोगशाला स्थापना हुँदा विरामीको उपचारमा थप सहयोग पुग्ने बताइन् ।  

अस्पतालले कोभिड १९ संक्रमणको आशंका लागेका विरामीलाई कुपण्डोलस्थित छुट्टै भवनमा आइसोलेसनमा राखेर उपचार गर्दै आएको र पीसीआर परीक्षणको ल्याब सुरु भएपछि उपचारका लागि थप सहज हुने विश्वास मिश्राले व्यक्त गरिन् । गत आर्थिक वर्षमा अस्पतालले १९ हजार ६ सय २५ जना महिलालाई बहिरङ्ग सेवा दिएको छ । त्यस्तै २२ हजार ४ सय ६१ जनाको सुरक्षित सुत्केरी गराउन अस्पताल सफल भएको छ । 

यसबाहेक ८ हजार ५ सय २८ जनाले शलयक्रियाबाट बच्चा जन्माएको अस्पतालले जनाएको छ । अस्पतालमा एनआइसियु सेवा, क्यान्सर सम्बन्धी परीक्षण, अल्ट्रासाउन्ड सेवा, सिटीस्क्यान सेवा र मेमोग्राम लगायतका सेवा उपलब्ध रहेको छ । 

प्रकाशित: २७ श्रावण २०७७ ०९:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App