८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

डब्लुएचओले पहिलोपटक कोरोना अन्त्यकाे आशा व्यक्त गर्‍याे

डा. टेड्रोस

कोरोना महामारीले मानव जाति पीडित र भयभीत भइरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पहिलोपटक आशा जगाउने कुरा गरेको छ ।  

विश्वभर कोरोनाबाट झन्डै साढे ७ लाख मानिसको मृत्यु तथा दुई करोडभन्दा बढी संक्रमित भइसकेको भए पनि डब्लुएचओले यो महामारी अन्त्य हुने आशा अझै बाँकी रहेको जनाएको हो ।  

डब्लुएचओले विश्वलाई पीडित बनाइरहेको कोरोना महामारी अन्त्यका लागि कडा कदम उठाउन अझै ढिला भइनसकेको बताएको छ ।  

यसका प्रमुख डा. टेड्रोस एडहनम गिब्रेयससले एक पत्रकार सम्मेलनमा भने, ‘म स्पष्ट भन्न चाहन्छु कि अझै आशाको किरण बाँकी छ । यस महामारीको अन्त्य गर्न अझै ढिला भइसकेको छैन ।’  

यस विषयमा यसभन्दा थप केही नबताइए पनि यसअघि कोरोना महामारी अन्त्य नहुन पनि सक्छ भनिरहेको डब्लुएचओले पहिलोपटक आशाजनक अभिव्यक्ति दिएको हो। बिबिसीकाे सहयाेगमा

प्रकाशित: २७ श्रावण २०७७ ०९:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App