८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

बाँकेमा थप एक महिलाको कोरोना संक्रमणबाट मृत्यु

कोरोना भाइरसका कारण बाँकेमा थप एक जनाको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७० वर्षीया महिलाको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले जानकारी दिए ।  

मृतक महिला कोहलपुर नगरपालिका वडा नम्बर २ निवासी हुन् । यो सँगै कोरोना भाइरसका कारण जिल्लामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि बाँके, नरैनापुर गाउँपालिका वडा नम्बर ५ का २४ वर्षीय युवक र बैजनाथ गाउँपालिका निवासी महिलाको कोरोना भाइरसका कारण मृत्यु भएको थियो ।

प्रकाशित: २५ श्रावण २०७७ १२:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App