१० आश्विन २०७७ शनिबार
स्वास्थ्य

कपिलवस्तुमा थप २५ जनामा कोरोना संक्रमण

तौलिहवाको समुदायस्तरमा कोरोना फैलियो

कपिलवस्तुको सदरमुकाम तौलिहवामा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ । बिहीबार बिहान एकै पटक २५ जना संक्रमित पुष्टी भएका हुन् । जसमध्ये तौलिहवाका २४ जना र मायादेबी गाउँपालिकाका एक जना हुन् । संक्रमित सबै बिभिन्न पेशमा आबद्ध रहेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।  

सदरमुकाम तौलिहवाका बैंक कर्मचारी, गैर सरकारी संस्था, स्वास्थ्यकर्मी, शिक्षक, औषधि ब्यवसायी, जनप्रतिनिधि समेत संक्रमित भएका छन् । स्वास्थ्य कार्यालय अनुसार सदरमुकाम तौलिहवाका ६ बैंक तथा बित्तिय संस्थाबाट १३ जना, मेडिकल तथा पोलिक्लिनिकबाट २, गैरसरकारी संस्थामा कार्यरत ३ जना, स्वास्थकर्मी १ जना, शिक्षक २ जना र अन्य बजार क्षेत्रदेखि ३ छन् । संक्रमित स्वास्थ्यकर्मी कपिलवस्तुमा अस्पतालका हुन् ।  

यस्तै २ जना सरकारी विद्यालयका शिक्षक, गैर सरकारी संस्था कालिका स्वावलम्बन सामाजिक केन्द्रका ३, जिल्ला समन्वय समितिका एक जना सदस्य समेत संक्रमित रहेका छन् । उता मायादेवी गाउँपालिकाका संक्रमित १ जना स्वास्थकर्मी हुन् । कपिलवस्तुमा संक्रमितको संख्या ८ सय ४० पुगेको छ । जसमध्ये ७ सय ४७ जना निको भई घर फर्किसकेका छन् । जिल्लामा अहिले नमुना दुत परीक्षण बिधिबाट स्वाब संकलन जारी छ । उता शिवराज नगरपालिकामा समेत समुदायस्तरमा कोरोना संक्रमण फेलिएको छ ।

प्रकाशित: २२ श्रावण २०७७ १३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App